Friday, April 16, 2021

काली पारी

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नेपाल–भारतका सुरक्षा निकायविच छलफल

बिरा दत्त भट्ट, दार्चुला, चैत्र १८ गते । नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा निकायहरु विच छलफल गरिएको छ । मंगलबार भारतको सीमावर्ती बजार जोलजोवीमा नेपालको दार्चुला र भारतको पिथौरागढ जिल्लाको सीमावर्ती क्षेत्रका निकायहरु विच छलफल गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक...

होली पर्वलाई मध्यनजर गर्दै पिथौरागढ प्रहरीद्धारा बलुवाकोटमा छलफल

दार्चुला, चैत्र ९ गते । नजिकिदै गरेको होली पर्वलाई लक्षित गर्दै भारतको पिथौरागढ प्रहरीले बलुवाकोटमा सरोकारवालाहरु संग छलफल गरेको छ । होली पर्वमा शान्ती सुरक्षा र कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि मनाउने विषयमा सरोकारवालाहरु संग छलफल गरिएको पिथौरागढ प्रहरीले जनाएको छ । पिथौरागढ प्रहरी प्रमुख एसपी सुखबीर सिहको निर्देशन...

पिथौरागढमा अबैध मदिरा सहित एक नेपाली पक्राउ

दार्चुला, चैत्र ७ गते । भारतको पिथौरागढमा अबैध मदिरा सहित एक जना नेपाली पक्राउ परेका छन् । २३ लिटर अबैध मदिरा सहित जाजरदेवल प्रहरीले पिथौरागढ आरटी चोकबाट  नेपाल घर भएका कर सिह बोहराका छोरा धन सिह बोहरालाई पक्राउ गरेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लखेको छ । साथै धार्चुला प्रहरीले...

जनता संग गरिएका हरेक बाचा पुरा गर्नेछुः मन्त्री चुफाल

दार्चुला, चैत्र ७ गते । मन्त्री बनेपछि पहिलो पटक पिथौरागढ पुगेका भारतको डिडिहाटका विधायक विसन सिह चुफालले जनतासंग गरिएका बाचाहरु पुरा गर्ने बताएका छन् । मन्त्री बनेपछि पहिलो पटक पिथौरागढ पुगेका चुफाललाई भाजपा कार्यकर्ताहरुले स्वागत समेत गरेका छन् । कार्यकर्ताहरुले पिथौरागढ प्रबेश द्धार एंचोली देखि नगरभरि स्वागत र्याली निकालेका छन् ।...

कालापानी तर्फ गइरहेका एक जना भारतीय पक्राउ

दार्चुला, चैत्र ४ गते । कालापानी क्षेत्र तर्फ गइरहेका एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको धार्चुला हुदै गाडीबाट कालापानी क्षेत्रमा गइरहेका युवकलाई भारत तिब्बत सीमा प्रहरी आइटीविपीले सोमबार गर्ब्याङमा पक्राउ गरेको भारतीय पत्रिका अमर उजालाले समाचार लखेको छ । नेपाली भूमी कालापानी अतिक्रमण गरि आफ्ना सेना राखेको भारतले...

डीडीहाटका विधायक विसन सिह चुफाल बने मन्त्री

दार्चुला, फागुन २९ गते । भारतको पिथौरागढ जिल्ला अन्र्तगतको डीडीहाट विधान सभा क्षेत्रका विधायक विसन सिह चुफाल उत्तराखण्ड राज्यका मन्त्री बनेका छन् । उत्तराखण्डका तत्कालिन मुख्य मन्त्री त्रिबेन्द्र सिह रावतले पदबाट राजिनामा दिएपछि तीरथ सिह रावत नयाँ मुख्यमन्त्री बनेका छन् । नयाँ मुख्यमन्त्री रावतको मन्त्रीमण्डलमा पिथौरागढको डिडीहाट विधान सभाका विधायक विसन...

धार्चुलामा ट्राफिक ब्यवस्था सुधार गर्न छलफल

दार्चुला, फागुन १९ गते । दार्चुला संग सिमा नाका जोडिएको भारतको धार्चुला बजारमा ट्राफिक ब्यवस्थामा सुधार गर्ने विषयमा छलफल गरिएको छ । धार्चुला नगरपालिकाका अध्यक्ष राजेश्वरी देबिको पहलमा मंगलबार भएको छलफल कार्यक्रममा नगरमा रहेका समस्याहरुका साथै यातायात क्षेत्रको ब्यवस्थापन लगायतका विषयमा छलफल गरिएको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखको छ ।...

पिथौरागढको आवलाघाट खानेपानी आयोजना निर्माण अन्तिम चरणमा

दार्चुला, फागुन १३ गते । भारतको पिथौरागढमा सञ्चालित आवलाघाट खानेपानी आयोजना अन्तिम चरणमा रहेको छ । पिथौरागढ नगरपालिकाको लागि बनिरहेको खानेपानी आयोजना मार्च महिना सम्म सम्पन्न हुन सक्ने भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । त्यस क्षेत्रमा भइरहेको सडक निर्माणका कारण निर्माणधिन खानेपानी आयोजनामा बेला–बेला क्षती पुग्ने गरेको छ सडक...

दुई किलो भन्दा बढी चरेसका सहित दुई जना पक्राउ

दार्चुला, माघ २९ गते । भारतको पिथौरागढमा ढाई किलो चरेस सहित दुई जना पक्राउ परेका छन् ।  बेडिनाग प्रहरीले २ किलो ६ सय ३१ ग्राम सहित दुई जनालाई मंगलबार पक्राउ गरेको पिथौरागढ प्रहरीले जनाएको छ । बेडीनागका थानाध्यक्ष सुसिल जोशीको नेतृत्वमा चौकोडी–कोटमन्याको विच भटिना मोडमा भइरहेको चेकिङमा दुई जना चरेस सहित...

पिथौरागढका जिल्ला अधिकारी फेरिए

दार्चुला, माघ २७ गते । भारतको पिथौरागढका जिल्ला अधिकारी फेरिएका छन् । भारत सरकारले पिथौरागढ, अल्मोडा, चम्पावत तथा नैनितालका जिल्ला अधिकारीहरु फेरेको छ । पिथौरागढमा नयाँ जिल्ला अधिकारीको रुपमा आनन्द स्वरुप आउन लागेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । पिथौरागढका जिल्ला अधिकारी विजयकुमार जोगदण्डेलाई पौडी जिल्लामा स्थानान्तरण गरिएको छ...

लोकप्रिय