२ जना प्रहरी हिरोहरु को हुन ? जसले महाकालीमा हेलीएर महिलाको ज्यान बचाए

7710

विरा दत्त भट्ट, दार्चुला ।
आइतबार विहान साढे ६ बजेतिर प्रहरीहरुलाई महाकाली नदीमा एउटा महिला बगीरहेको छ भन्ने खबर आयो ।

दार्चुला सदरमुकाम खलंगा स्थित पुलघाटमा खटिएका प्रहरीहरु महाकाली नदी किनार दौडीए । महाकालीमा भारतबाट मान्छे तार्न प्रयोग गरिने बरामद गरिएको ट्युब प्रहरी संग थियो । त्यही ट्युब बोकेर प्रहरी टोली महाकाली नदी किनार पुग्यो ।
महाकाली नगरपालिकाको वडा नं ४ दुम्पानी बाट झण्डै आधा किलोमिटर क्षेत्र वडा नं ५ गल्फै अस्पत्ताल नजिक क्षेत्रमा २ जना प्रहरी जवानहरुले महाकाली नदीमा हाम फाले । ट्युबको प्रयोग गर्न नसकेपछि प्रहरी जवान सुरज महतो र शेर बोहरा महाकालीमा हेलीए ।
उनिहरु संग नत लाईफ ज्याकेट थियो नत बोट नै । विना सुरक्षा ज्यानको प्रवाह नगरि उद्धार गर्न सक्छौ भन्ने आटले मात्रै नदीमा हाम फालेको प्रहरी जवानहरुले बताएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीको भनाई छ । महाकाली नदी किनारमा १० जना प्रहरी टोली पुगेकाले आफुहरु बगेपनि अरुले उद्धार गरिहाल्छन् होला भन्ने लाग्यो, त्यसैले नदीमा जान कुनै डर भएन प्रहरी जवानहरु भन्छन् ।
‘कुनै गोताखोर वा स्वीमीङ सम्बन्धी तालिम लिएका छैनौ, अली अली पौडीन आउथ्यो, महिलालाई बगीरहेको देखेर ज्यानको प्रभाव नगरि नदीमा हाम फालेर महिलालाई उद्धार गर्न सफल भयौ ’ प्रहरी जवान सुरज महतो र शेर बोहरा भन्छन् ।
साहसी यि २ जना प्रहरी जवानहरुको आन्तरिक मुल्याङ्क गरिने प्रहरी निरिक्षक जोशीले बताएका छन् ।
नदीबाट उद्धार गरिएकी ब्यास गाउँपालिकाको वडा नं १ घर भएकि सपना ऐतवाल महाकाली नगरपालिकाको वडा नं ४ बंगाबगड क्षेत्रमा बस्ने भएपनि माइति घर तिंकर खेडामा आएकि थिइन् । उनका श्रीमान नेपाली सेनामा कार्यरत रहेका छन् ।
ऐतवालको जिल्ला अस्पत्ताल दार्चुलामा प्राथमीक उपचार पश्चार रिफर गरि नेपाली सेनाको हेलीकोप्टर मार्फत कोहरपुर लगीएको श्रोतले जनाएको छ ।
गर्मीले हिमालको हिउ पग्लीरहेको र बर्षादका कारण महाकाली नदीमा पानीको सतह बढेको छ । महाकाली नदीमा बगिरहेकी महिलालाई आफ्नो ज्यानको प्रबाह नगरि बचाउने सुरक्षाकर्मीहरुलाई सामाजिक सञ्जालमा सबैले धन्यबाद दिइरहेका छन् ।

महिलाले नदीमा हाम फालेकी हुन् वा चिप्लीएर बगेकी हुन भन्ने थाहा नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !