दार्चुलामा शल्यक्रिया सहितको आँखा शिविर संचालन हुने

0
25

दार्चुला,बैशाख १३ गते ।
दार्चुलामा शल्यक्रिया सहितको आँखा शिविर सन्चालन हुने भएको छ । नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल धनगढी र स्थानीय तहहरुको सहयोगमा यहि बैशाख १६ गतेदेखि २५ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा शिविर सन्चालन हुन लागेको हो । बैशाख १६ गते देखि १८ गतेसम्म महाकाली नगरपालिका–४ स्थितको महेन्द्र नमुना मावि खलंगामा मोतिया विन्दुको शल्यक्रिया सहित शिविर संचालन गरिने नेपाल नेत्रज्योति संघ दार्चुलाका सभापति दिपक अवस्थीले जानकारी दिनु भयो ।
यस्तै बैशाख २० गतेदेखि २२ गतेसम्म शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर माविमा, बैशाख २४ गते र २५ गते जिल्लाको मार्मा गाउँपालिका–३ स्थित लटिनाथ माविमा मोतिया विन्दुको शल्यक्रिया शिविर संचालन हुनेछ । उक्त शिविरमा निःशुल्क औषधि उपचार र चस्मा आवश्यक भएकाहरुलाई विशेष छुटमा चस्मा उपलब्ध गराइने जनाइएको छ । आँखाका बिरामीहरुलाई सेवा लिन आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here