हेलिकोप्टरबाट ॐ पर्वत दर्शन यात्रा सुरु

0
32

दार्चुला ।
भारतको उत्तराखण्ड सरकारले अतिक्रमित नेपाली भूमिमा पर्ने ॐ पर्वत दर्शन यात्रा सुरु गरेको छ । उत्तराखण्ड पर्यटन विकास परिषद्ले धार्मिक पर्यटकहरुलाई हेलिकोप्टरमार्फत यात्रा गराउन सुरु गरेको हो ।
अतिक्रमित नेपाली गाउँहरु कुटी, नाभी र गुञ्जीभन्दा पूर्वमा रहेको लिपुखोला वारीको ॐ पर्वतलाई धार्मिक आकर्षणको केन्द्र बनाएर पर्यटन प्रवद्र्धन भइरहेको छ । उत्तराखण्ड राज्यको पिथौरागढ जिल्ला मुख्यालयबाट ओम पर्वत र आदि कैलाश क्षेत्रमा धार्मिक पर्यटकहरुलाई हेलिकोप्टरमार्फत दर्शन यात्रा गराउन थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तराखण्ड राज्य सरकारले केन्द्र सरकारसंगको समन्वय र सहकार्यमा ओम पर्वत र आदि कैलाश दर्शन यात्राको पर्यटकीय प्याकेज निर्माण गरेको छ । सोमबार विहान नीजिक्षेत्रको विमान कम्पनी स्काइ वनको एमएआइ–१७ हेलिकोप्टरमार्फत तिर्थयात्रा शुभारम्भ गरिएको छ । पिथौरागढस्थित नैनीसैनी हवाइमैदानमार्फत जोलिङकाङ क्षेत्रको आदि कैलाश पर्वत र लिपुलेक नजिकको ओम पर्वतको दर्शन गराइएको हो ।
तिर्थयात्रीहरुलाई हवाइ दर्शन गराउन स्काइ वन कम्पनीको हेलिकोप्टर आइतवार दिल्लीको रोहिणीबाट पिथौरागढको नैनीसैनी हवाइमैदानमा पुगेको थियो । सोमबार विहान साढे ९ बजेदेखि हेलिकोप्टरमार्फत दर्शन यात्रा सुरु गरिएको छ ।
अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा पर्यटन गतिविधि बढाउने उद्देश्यले हेलिकोप्टरमार्फत ओम पर्वत र आदि कैला श दर्शन यात्रा सुरु गरिन लागेको भारतीय पत्रिकाले हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत असोज २५ गते गुञ्जी र आदि कैलाश क्षेत्रको भ्रमण गरेका थिए । मोदी भ्रमणपछि यसक्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने प्रयासस्वरुप हेलिकोप्टरमार्फत ओम पर्वत दर्शन सुरु गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here