तावाघाटदेखि गुञ्जीसम्म विद्युत प्रशारण निर्माण गरिने

0
31

दार्चुला, वैशाख १८ गते ।
भारतको तावाघाटदेखि गुञ्जीसम्म ६५ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरिने भएको छ । ३३ केभीए क्षमताको प्रशारण लाइन निर्माणका लागि टेण्डर निकाल्ने तयारी भइरहेको ऊर्जा निगमले जनाएको छ ।
हालसम्म राष्ट्रिय ग्रिड जोडिन नसकेका गाउँहरुमा विद्युत सेवा पुर्याउने उद्देश्यले प्रशारण लाइन निर्माणको गृहकार्य थालिएको हो । व्यास घाटीक्षेत्रका १८ र दारमा क्षेत्रका १२ वस्तीहरुमा पूर्ण विद्युतिरकण गर्न ८५ करोड भारुको योजना स्वीकृत भइसकेको छ ।
गुञ्जीमा ३३÷११ केभीको सवस्टेशन निर्माण गरिने भएको छ । गुञ्जीको सवस्टेशनबाट कालापानी र कुटीसम्मका लागि छुट्टाछुट्टै ११ केभीए प्रशारण लाइन निर्माण गर्ने तयारी छ । हाल यसक्षेत्रमा विद्युत सेवा छैन । सोलार र जेनरेटर लगायतका वैकल्पिक सेवाबाट हाल उज्यालो सुविधा दिइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुञ्जीलाई केन्द्रीत गरी भाइब्रेन्ट भिलेज निर्माणको गुरुयोजना घोषणा गरी कार्यान्वयन सुरु गरेका छन् । गुरुयोजनाअन्तर्गत सिमाक्षेत्रका सबै गाउँ र वस्तीमा तत्कालै विद्युत सेवा विस्तार गर्ने तयारी थालिएको हो ।
केही दिनभित्रै टेण्डर प्रक्रिया सुरु हुने र सन् २०२४ भित्रै विद्युत प्रशारण लाइन निर्माणको कार्य सम्पन्न गरिने ऊर्जा निगमका राजेन्द्र सिंह गुञ्ज्यालले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तावाघाट–लिपुलेक सडक निर्माणपछि भारतले यसक्षेत्रमा विद्युत सेवा विस्तार गर्न लागेको छ । सडक निर्माणको कार्य भने अन्तिम चरणमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here