दार्चुला सेरोफेरो
व्यासमा आधा दर्जन स्थानीय सडक खोलिदै
दार्चुला, फागुन ३ गते ।
व्यास गाउँपालिकाले आधा दर्जन स्थानीय सडकहरु सञ्चालनमा ल्याएको छ । वर्षातले अवरुद्ध भएका कच्ची सडकहरु सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।
सुन्सेराको गल्थादेखि वडा नम्बर ३ को सिना तातोपानीसम्मको ३ किलोमिटर सडक सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो । सुरुमा दार्चुला–टिंकर सडक...
जिल्ला अस्पतालमा एक्सरे सेवा सुचारु
दार्चुला, माघ १८ गते । जिल्ला अस्पताल दार्चुलामा मंगलवारदेखि एक्सरे सेवा सुचारु भएको छ । माघ ३ गतेदेखि अवरुद्ध भएको एक्सरे सेवा पुनः सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपकराज जोशीले बताउनुभयो । प्रदेश सरकारको आपुर्ति महाशाखाले नयाँ सिस्टम उपलब्ध गराएपछि सेवा सुचारु भएको हो ।...
अनलाइनबाट मतदाता नामावली संकलन र अद्यावधिक गरिदै
दार्चुला, माघ १७ गते ।
निर्वाचन आयोगले अनलाइनबाट मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गरेको छ । आयोगको सुचनाअनुसार जिल्ला निर्वाचन कार्यालय दार्चुलाबाट नामावली संकलन तथा अद्यावधिक कार्य सुरु भएको जिल्ला निर्वाचन अधिकारी प्रदीप सिंह धामीले बताउनुभयो ।
आयोगले पुष २५ गते प्रेस विज्ञप्तिमार्फत अनलाइनमार्फत नामावली संकलन र...
महाकाली नदीलाई प्राकृतिक रुपमै बग्न दिनुपर्ने,दुवै देशका नागरीकहरुविच सहमति
दार्चुला,पुष २४ गते ।नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार दुई देशका अधिकारी र स्थानियहरु बीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारी र स्थानियहरु बीच जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको हो । छलफल पछि पक्की तटबन्ध निर्माणका क्रममा खडा गरिएको...
व्याँसको छाङरूमा फोन सेवा अबरुद्ध
दार्चुला,पुष १५ गते ।दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरूको ज्याक्तिमा रहेको टेलिकम टावर अवरुद्ध भएको छ । विहीबार दिउँसो टावर नजिकको जङगलमा आगलागी हुदाँ टावरको लिंक सिस्टमअन्तर्गत सौर्य प्रणालीमा जडान गरेका तारहरु जल्दा फोन सेवा अबरुद्ध भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण वहादुर गुरूङले जानकारी दिनुभयो...
दार्चुलामा महाकालीको धार परिवर्तनको विवाद समाधान गर्न दुई देशका अधिकारीबीच छलफल
दार्चुला,मंसिर १९ गते ।आइतवार बेलुकि चार बजेतिर सदरमुकाम खलंगा क्षेत्रमा महाकाली वारिपारी ढुङ्गामुडा हुँदा उत्पन्न भएको तनाव कम गर्न आज (सोमवार) भारतीय अधिकारीहरुले नेपाली अधिकारीहरुसँग भेटघाट गरेका छन् । भारत उत्तराखण्ड, पिथौरागढ जिल्लाका अपरजिलाअधिकारी (एडिएम) फियाराम चौहान र धारचुलाका उपजिलाअधिकारी (एसडिएम) दिवेश साशनीले दार्चुलाका प्रमुख जिल्ला अधिकारी...
चुनांव कि चुचाट, टिकट कि भुट्याट
~~~~~~~~~~~
लुटतन्त्र हो कि लोकतन्त्र हो,
बुझ्नै सक्या होइन !
टिकटै कि लुछा लुछ छ,
जन्ता धेक्या छैन !१!
भोट दिन्यान्की फामैं नाइथि,
टिकट कि भुट्याट छ !
नेता ज्यू कि चाकरी माइ,
दिन रात चुचाट छ !२!
नै रया पार्टी का वाद,
...
ब्याँसमा एकल पुरुष र निःसन्तान दम्पतीलाई मासिक सामाजिक सुरक्षा भत्ता
दार्चुला, भाद्र ९ गते ।
ब्याँस गाउँपालिकाले एकल पुरुष र निःसन्तान दम्पतीलाई मासिक सामाजिक सुरक्षा भत्ता दिने भएको छ । बुधबार वडा नं ६ हुतीमा बसेको कार्यपालिका बैठकले ब्याँस गाउँपालिकाको स्थानीय सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७९ पारित गरेको छ । कार्यविधिमा नेकपा एमालेको घोषणा पत्र र चुनावमा गरेको वाचा अनुसार...
पत्रकार महासंघ दार्चुला शाखाको अध्यक्षमा धामी
दार्चुला, भाद्र ६ गते ।
नेपाल पत्रकार महासंघ दार्चुला शाखाको नयाँ नेतृत्व चयन गरिएको छ । शनिवार सम्पन्न शाखाको विशेष साधारण सभाको बन्द सत्रबाट नयाँ नेतृत्व चयन गरिएको हो । लक्ष्मण सिंह धामीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरिएको अध्यक्ष मण्डलका सदस्य कपिलदेव भट्टले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा...
प्रदेशको सबै भन्दा बढी अनुदान शैल्यशिखर र सबैभन्दा कम अपिहिमालमा
दार्चुला, असार ६ गते ।
आर्थिक वर्ष २०७९/८० का लागि सुदूरपश्चिम प्रदेश सरकारबाट हस्तान्तरण हुने विभिन्न किसिमका अनुदानहरु प्राप्त भएका छन् । दार्चुलामा प्रदेश अन्तर सरकारी हस्तान्तरणबाट स्थानीय तहमा जाने अनुदान मध्ये सबै भन्दा बढी अनुदान शैल्यशिखर नगरपालिकाले पाएको छ ।
नेपालको कानुनी व्यवस्था अनुसार संघीय सरकार र प्रदेश सरकारबाट स्थानीय...