Thursday, May 21, 2026

समाचार

महाकाली काेरिडाेरमा ५२ कराेड बजेट सुनिश्चितता

दार्चुला, जेठ २ गते । महाकाली काेरिडाेर सडक आयाेजनामा सडक कालाेपत्रे कार्यका लागि ५२ कराेड रूपैयाँ स्राेत सुनिश्चितता भएको छ । अर्थ मन्त्रालयले वैशाख २९ गते मन्त्रीस्तरीय निर्णय गरि ५१ करोड ९९ लाख रूपैयाँकाे निर्माण कार्य अघि बढाउन सहमति दिएको हाे । बहुवर्षिय ठेक्का प्रक्रियामार्फत ६ दशमलव ०२ किलोमिटर सडक कालाेपत्रे...

सर्तसहित २१ पूर्वाधार निर्माण गर्न आधा खर्ब रुपैयाँको स्रोत सुनिश्चितता

काठमाडौं, जेठ २ गते । सरकारले देशभरका महत्त्वपूर्ण पूर्वाधार आयोजना निर्माणलाई गति दिन साढे ५४ अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चितता गरेको छ । विभागिय मन्त्रालयकाे प्रस्तावमा राष्ट्रिय याेजना आयाेगबाट सिफारिस भएपछि अर्थ मन्त्रालयले स्राेत सुनिश्चित गरेको हाे । सरकारले पहिलो पटक ती आयोजनाले मागेअनुसारकै बजेटको स्रोत सुनिश्चितता प्रदान गरेको...

चीनबाट १८ अर्बका विद्युतीय गाडी नेपाल भित्रिए

काठमाडौं, वैशाख ३० गते । नेपाल र चीनबीचको व्यापारिक नाका खासा हुँदै १८ अर्ब ९३ करोड ९३ लाख ५० हजार ८६३ रुपियाँका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। दुई आर्थिक वर्षमा गरेर उक्त मूल्यका सात हजार ४९२ थान इभी गाडी काठमाडौँ भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। त्यसबापत नेपाल सरकारलाई १०...

महाकाली कोरिडोरमा कालोपत्रेका लागि ५२ करोड बजेट थपिदै

दार्चुला, वैशाख २४ गते । महाकाली कोरिडोरका थप ६ किलोमिटर सडक कालोपत्रे गर्न बजेट थपिदैछ । भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालयमार्फत राष्ट्रिय योजना आयोगमा पुगेको प्रस्तावलाई आयोगले सहमतिका लागि अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । राष्ट्रिय योजना आयोगको वैशाख १४ गते बसेको २३औं बैठकले यस सम्बन्धि निर्णय गरेको जनाइएको छ...

लिपुलेक सडक निर्माण एकवर्षमा सकिन्छ : गडकरी

दार्चुला, वैशाख १ गते । भारतका सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले लिपुलेक सडक निर्माण एकवर्षमा सम्पन्न गरिने बताएका छन् । वैशाख १ गते मंगलवार उत्तराखण्डकाे देहरादुनमा आयाेजित एक कार्यक्रममा गडकरीले यस्तो बताएका हुन् । प्रधानमन्त्री नरेन्द्र माेदीले दिल्ली-देहरादून एक्सप्रेस राजमार्गकाे उदघाटन गर्ने कार्यक्रममा बाेल्दै गडकरीले लिपुलेक सडक उच्च...

टिंकर सडक निर्माणमा ः सेना छ, डोजर छ तर बजेट छैन

दार्चुला, वैशाख २१ गते । सरकारले रणनीतिक महत्वको र उच्च प्राथमिकताको भन्दै टिंकर सडक निर्माणमा नेपाली सेना खटाए पनि बजेट अभावले सडक निर्माण कार्य ठप्पप्रायः छ । चुच्चे नक्साको भूगोलनजिक छाङरुमा सडक निर्माणका लागि गत जेठ महिनामा पुर्याएको एक्जाभेटर (डोजर) नौ महिनादेखि प्रयोगविहिन अवस्थामा छ । भाषण, कागज र बैठकहरुमा...

हर्क साङपाङको प्राविधिक टोलीलाई जनप्रतिनिधि र स्थानीयको स्वागत, सिडिओको त्रास

दार्चुला, चैत्र १० गते । तुइन विस्थापन गरी झोलुंगे पुल निर्माणको गृहकार्य गर्न दार्चुला पुगेको सांसद हर्क साङपाङको प्राविधिक टोलीलाई जनप्रतिनिधिहरु र स्थानीय जनताले भव्य स्वागत गरेका छन् भने दार्चुलाका सिडिओ अनिल पौडेलले त्रास देखाएका छन् । दार्चुलामा कुनै पनि सामाजिक कार्य वा विकास निर्माण गर्न सर्वदलिय सहमति आवश्यक...

नागुवासीको चुनाव वहिस्कार, उम्मेदवारहरुको नागु वहिस्कार

दार्चुला, फागुन १७ गते । नौगाड गाउँपालिका वडा नम्बर १ नागुक्षेत्रका वासिन्दाले प्रतिनिधिसभा सदस्य निर्वाचन वहिस्कारको घोषणा गरेका छन् भने निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका सबै उम्मेदवारहरुले नागुक्षेत्रलाई वहिस्कार गरेका छन् । दल्लेख–नागु–सिना सडक निर्माणको प्रमुख मागसहित नागुक्षेत्रका स्थानीयले माघ १ गतेदेखि चुनाव वहिस्कारको घोषणा गर्दैआएका छन् । पछिल्लो समय माघ १७...

दलहरुको अपिल पनि पत्याएनन् नागुवासी

दार्चुला, फागुन १६ गते । नागुक्षेत्रले घोषणा गरेको निर्वाचन वहिस्कारलाई फिर्ता गराउने अर्को प्रयास असफल भएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले चुनावी मैदानमा रहेका राजनीतिक दलहरुका तर्फबाट अपिल जारी गर्न लगाए पनि निर्वाचन वहिस्कारलाई नागुवासीले निरन्तरता दिने बताएका छन् । फागुन १५ गते शुक्रवार मात्रै जिल्ला प्रशासन...

निर्वाचन वहिस्कार गर्ने नागुवासीको निस्कर्ष

दार्चुला, फागुन १६ गते । नौगाड गाउँपालिका वडा नम्बर १ नागुक्षेत्रका वासिन्दाले प्रतिनिधिसभा सदस्य निर्वाचन वहिस्कार गर्ने यसअघिको घोषणा पूर्ण रुपमा कार्यान्वयन गर्ने बताएका छन् । शनिवार स्थानीयवासीको भेलाले निर्वाचन वहिस्कारको पूर्ववत घोषणामा सिंगो क्षेत्रको ऐक्यवद्धता र प्रतिवद्धता दोहर्याएको छ । नागु क्षेत्र विकास सरोकार संघर्ष समितिका संयोजक करन सिंह...

एक महिनादेखि टिंकर सडक निर्माण बन्द

दार्चुला, फागुन १६ गते । नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला (तुषारपानी)–टिंकर सडक निर्माण एक महिनादेखि बन्द रहेको छ । सडक निर्माणका लागि छुट्याइएको बजेट सकिएपछि सडक निर्माण कार्य बन्द भएको हो । सरकारले चालू आर्थिक वर्षमा टिंकर सडक निर्माणका लागि एक करोड रुपैयाँ मात्रै बजेट छुट्याएको छ । टिंकर...

‘मतदानका लागि शान्तिपूर्ण र भयरहित वातावरण छ’

दार्चुला, फागुन १६ गते । दार्चुलामा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन भइरहेको बताइएको छ । शुक्रवार पत्रकार सम्मेलन आयोजना गरी मुख्य निर्वाचन अधिकृत र जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि शान्तिपूर्ण र भयरहित वातावरण रहेको बताएको छ । निर्वाचनको घोषणा भएदेखि जिल्लास्तरमा पहिलोपटक निर्वाचन सम्बन्धि पत्रकार सम्मेलन...

निर्वाचनका लागि दार्चुलामा एसपीको कमाण्ड

दार्चुला, फागुन १६ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा कमाण्ड सम्हाल्न नेपाल प्रहरीले दार्चुलामा एसपी छेविलाल कामतीलाई खटाएको छ । शान्ति सुरक्षाको जिम्मेवारी थप व्यवस्थित र प्रभावकारी बनाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशभरका सबैजसो जिल्लाका उच्च सुरक्षा अधिकारीहरु परिचालन गरेको हो । निर्वाचन अवधिभरको सुरक्षा परिचालन र कमाण्ड सम्हाल्न...

बडूविनाको प्रतिस्पर्धामा कस्ले मार्ला बाजी ?

दार्चुला, फागुन १५ गते । २०४८ सालदेखिका हरेक निर्वाचनमा उम्मेदवार बन्दै आएका काग्रेस नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले यसपटक विश्राम लिएका छन् । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन बाहेकका सबै निर्वाचनमा बडूले प्रतिस्पर्धा गरेको इतिहास छ । छ पटक चुनाव लडेका काग्रेस नेता बडूले तीन पटक चुनाव जिते भने...

गतवर्षका ६८ मध्ये ६६ मुद्दा फस्र्यौट

दार्चुला, फागुन १५ गते । दार्चुला जिल्ला अदालतमा गतवर्षदेखि थाति रहेका ६८ मध्ये ६६ मुद्दाहरुको फस्र्यौट गरेको छ । जिल्ला न्यायाधिश भुवन गिरीले गतवर्षदेखि जिम्मेवारी सरिआएका पुराना मुद्दाहरु प्राथमिकताका साथ फस्र्यौट गरिएको बताएका छन् । विहिवार पत्रकारहरुसंगको छलफलमा जिल्ला न्यायाधिश गिरीले गत वर्षका दुइटा मुद्दा मात्रै फस्र्यौट हुन बाँकी रहेको...

लोकप्रिय