Sunday, May 16, 2021

काली पारी

धार्चुलाका विधायक धामीले विधायक निधिमा आएको बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्ने

दार्चुला, बैशाख २९ गते । भारतको धार्चुलाका विधायक हरिस धामीले कोरोना विरुद्ध लडाईका लागि आफ्नो विधान सभा क्षेत्रमा २ करोड बजेट खर्च घोषणा गरेका छन् । विधायक निधि मार्फत प्राप्त हुने बजेट खर्च गर्नका लागि विधायक धामीले सामाजिक सञ्जाल मार्फत आम जनतासंग सुझाव मागेका थिए । जनताको सुझावका आधारमा वित्तिय बर्ष...

हिमपातले गुञ्जी र कुटी जोड्ने सडक अवरुद्ध

दार्चुला, बैशाख २६ गते । हिमपातले भारतले अतिक्रमण गरेको नेपाली भूमी गुञ्जी र कुटी जोड्ने सडक अवरुद्ध बनेको छ । बैशाखमा उच्च हिमाली क्षेत्रमा लगातार भइरहेको हिमपातले गुञ्जी देखि कुटी सम्मको १० किलोमिटर सडक बन्द भएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । कुटीका स्थानिय हरिस कुटियालले हिमपातका कारण...

धार्चुलामा छोराको विहेकै दिन बुवाको कोरोनाले मृत्यु

दार्चुला, बैशाख १० गते । भारतको धार्चुलामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । धार्चुलाका स्थानिय निरञ्जन कुटियालको कोरोना संक्रमणका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारी डाक्टर सेवा बाट रिटायर्ड कुटियालले धार्चुलामा क्लनीक सञ्चालन गर्दै आएका थिए । विहिबार उनको स्वास्थ्यमा समस्या भएपनि पिथौरागढ अस्पताल लगिएको थियो...

धार्चुलामा ६ जनामा कोरोना संक्रमण पुष्टि

दार्चुला, बैशाख ८ गते । भारतको धार्चुलामा ६ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । बुधबार पिथौरागढका ३ सय जनाको कोरोना परिक्षण गरिएकोमा धार्चुलामा ६ जना र पिथौरागढ नगरको पियाना वडाका एकै परिवारका सात सहित २० जनामा कोरोना पुष्टी भएको भारतीय पत्रिका दैनिक जागरणले जनाएको छ । धार्चुलामा ६ जनामा कोरोना...

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नेपाल–भारतका सुरक्षा निकायविच छलफल

बिरा दत्त भट्ट, दार्चुला, चैत्र १८ गते । नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा निकायहरु विच छलफल गरिएको छ । मंगलबार भारतको सीमावर्ती बजार जोलजोवीमा नेपालको दार्चुला र भारतको पिथौरागढ जिल्लाको सीमावर्ती क्षेत्रका निकायहरु विच छलफल गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक...

होली पर्वलाई मध्यनजर गर्दै पिथौरागढ प्रहरीद्धारा बलुवाकोटमा छलफल

दार्चुला, चैत्र ९ गते । नजिकिदै गरेको होली पर्वलाई लक्षित गर्दै भारतको पिथौरागढ प्रहरीले बलुवाकोटमा सरोकारवालाहरु संग छलफल गरेको छ । होली पर्वमा शान्ती सुरक्षा र कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि मनाउने विषयमा सरोकारवालाहरु संग छलफल गरिएको पिथौरागढ प्रहरीले जनाएको छ । पिथौरागढ प्रहरी प्रमुख एसपी सुखबीर सिहको निर्देशन...

पिथौरागढमा अबैध मदिरा सहित एक नेपाली पक्राउ

दार्चुला, चैत्र ७ गते । भारतको पिथौरागढमा अबैध मदिरा सहित एक जना नेपाली पक्राउ परेका छन् । २३ लिटर अबैध मदिरा सहित जाजरदेवल प्रहरीले पिथौरागढ आरटी चोकबाट  नेपाल घर भएका कर सिह बोहराका छोरा धन सिह बोहरालाई पक्राउ गरेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लखेको छ । साथै धार्चुला प्रहरीले...

जनता संग गरिएका हरेक बाचा पुरा गर्नेछुः मन्त्री चुफाल

दार्चुला, चैत्र ७ गते । मन्त्री बनेपछि पहिलो पटक पिथौरागढ पुगेका भारतको डिडिहाटका विधायक विसन सिह चुफालले जनतासंग गरिएका बाचाहरु पुरा गर्ने बताएका छन् । मन्त्री बनेपछि पहिलो पटक पिथौरागढ पुगेका चुफाललाई भाजपा कार्यकर्ताहरुले स्वागत समेत गरेका छन् । कार्यकर्ताहरुले पिथौरागढ प्रबेश द्धार एंचोली देखि नगरभरि स्वागत र्याली निकालेका छन् ।...

कालापानी तर्फ गइरहेका एक जना भारतीय पक्राउ

दार्चुला, चैत्र ४ गते । कालापानी क्षेत्र तर्फ गइरहेका एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको धार्चुला हुदै गाडीबाट कालापानी क्षेत्रमा गइरहेका युवकलाई भारत तिब्बत सीमा प्रहरी आइटीविपीले सोमबार गर्ब्याङमा पक्राउ गरेको भारतीय पत्रिका अमर उजालाले समाचार लखेको छ । नेपाली भूमी कालापानी अतिक्रमण गरि आफ्ना सेना राखेको भारतले...

डीडीहाटका विधायक विसन सिह चुफाल बने मन्त्री

दार्चुला, फागुन २९ गते । भारतको पिथौरागढ जिल्ला अन्र्तगतको डीडीहाट विधान सभा क्षेत्रका विधायक विसन सिह चुफाल उत्तराखण्ड राज्यका मन्त्री बनेका छन् । उत्तराखण्डका तत्कालिन मुख्य मन्त्री त्रिबेन्द्र सिह रावतले पदबाट राजिनामा दिएपछि तीरथ सिह रावत नयाँ मुख्यमन्त्री बनेका छन् । नयाँ मुख्यमन्त्री रावतको मन्त्रीमण्डलमा पिथौरागढको डिडीहाट विधान सभाका विधायक विसन...

लोकप्रिय