लक्ष्यभन्दा आठ लाख बढी भन्सार संकलन

0
11

दार्चुला, असार १३ गते ।
दार्चुला भन्सार कार्यालयले चालू आर्थिक वर्षको जेठसम्म वार्षिक लक्ष्यभन्दा ८ लाख रुपैयाँ बढी भन्सार महशुल संकलन गरेको छ । वार्षिक १ करोड ५० हजार भन्सार महशुल संकलनको लक्ष्य राखिएकोमा जेठ मसान्तसम्मको अवधिमा १ करोड ८ लाख ७१ हजार ८२२ रुपैयाँ भन्सार महशुल संकलन गरिएको छ ।
आर्थिक वर्ष २०८२–८३ को ११ महिनाको अवधिमा आयाततर्फ ७३ लाख ९ हजार ९०७ रुपैयाँ भन्सार महशुल संकलन गरिएको कार्यालय प्रमुख दिनेश सिंह धामीले बताउनुभयो । निर्याततर्फ भने २१ लाख ९९ हजार ७५ रुपैयाँ महशुल संकलन गरिएको छ ।
भन्सार कार्यालयले विभिन्न नौवटा शीर्षकमा राजश्व संकलन गरेको छ । मूल्य अभिवृद्धि कर ८ लाख ३६ हजार ७५४ रुपैयाँ, स्वास्थ्य जोखिम कर १ लाख ७४ हजार ३ सय र अन्तशुल्क कर १ लाख २१ हजार ५२ रुपैयाँ संकलन गरिएको दार्चुला भन्सार कार्यालयका सुचना अधिकारी विकास सुनारले जानकारी दिनुभयो । प्रशासनिक सेवा शुल्क ९२ हजार ८३०, पैठारी भन्सार सेवा दस्तुर ७४ हजार, सडक निर्माण तथा सम्भार दस्तुर ६३ हजार र निर्यात सेवा शुल्क ९ सय ४ रुपैयाँ संकलन गरिएको दार्चुला भन्सारको तथ्यांक छ ।
चालू वर्षको ११ महिनाको अवधिमा सबैभन्दा बढी भदौं महिनामा १९ लाख ६५ हजार ५१९ रुपैयाँ राजश्व उठेको छ । साउनमा ५ लाख ५ हजार १२९ रुपैयाँ, असोजमा ५ लाख ४७ हजार २४० रुपैयाँ र कार्तिकमा ११ लाख ७८ हजार ५५८ रुपैयाँ भन्सार महशुल संकलन भएको छ ।
मंसिरमा १३ लाख ९५ हजार ९३० रुपैयाँ, पुषमा ८ लाख ३० हजार ३०६ रुपैयाँ र माघमा ११ लाख ५१ हजार ९९५ रुपैयाँ भन्सार उठेको छ । फागुन महिनामा ४ लाख ३४ हजार ४१८ रुपैयाँ, चैत्रमा ९ लाख ४९ हजार ९५३ रुपैयाँ र वैशाखमा १० लाख ८९ हजार ७९९ रुपैयाँ भन्सार महशुल संकलन गरिएको छ । जेठ महिनामा ८ लाख २२ हजार ९७५ रुपैयाँ भन्सार उठेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here