महाकालीबाट उद्धार गरिएकी महिलाको मृत्यु

0
1579

विरा दत्त भट्ट, दार्चुला ।

महाकालीमा बगिरहेको अवस्थामा उद्धार गरिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार विहान प्रहरीले नदीमा बगिरहेको अवस्थामा उद्धार गरेकी ब्यास गाउँपालिकाको वडा नं १ घर भएकी सपना ऐतवालको आज विहान साढे २ बजे तिर उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
दार्चुला सदरमुकामको दुम्पानी क्षेत्रबाट गल्फै सम्म लगभग आधा किलोमीटर महाकाली नदीमा बगेर महिला गम्भीर घाइते भएकि थिइन् ।
जिल्ला अस्पत्ताल दार्चुलामा उपचार हुन नसकेपछि नेपाली सेनाको हेलीकोप्टरमार्फत कोहलपुर लगिएको थियो ।