भारतीय सेनालाई लिपुलेक छोड्न चीनियाँ सेनाको चेतावनी

0
6196

बिरा दत्त भट्ट, दार्चुला ।

नेपाली अतिक्रमित भूमी लिपुलेकमा रहेका भारतीय क्याम्पहरु हटाउन चीनियाँ सैनिकहरुले चेतावनी दिएका छन् ।
नेपालको भूमी अतिक्रमण गरेर लिपुलेकमा लामो समय देखी बस्दै आइरहेका भारतीय सैनिकहरुलाई लिपु पास नजिक बनाएका सैनिक क्याम्प हटाउन चेतावनी दिएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।

चीनियाँ सैनिकहरु केहि दिनयता भारतले अतिक्रिमण गरेको नेपाली भूमी लिपुलेकमा क्षेत्रमा आएर चीनियाँ झण्डा फहराईरहेका छन् । झण्डामा चीनीयाँ भाषामा लेखेर लिपुलेक सिमा क्षेत्रको २ सय मिटर मिटर वर भारतले बनाएको क्याम्पहरु र मानसरोवर जाने यात्रीहरुका लागी बनाइएका विश्राम क्याम्पहरु हटाउन चेतावनी दिइरहेको बताइएको छ ।
साथै ब्यानरमा उक्त भूमी विवादित रहेकाले पछि हट्न भारतीय सेनालाई चेतावनी दिइएको छ ।

नेपाली अतिक्रीत भूमीमा ढुक्क संग बर्षाै देखि बस्दै आइरहेका भारतीय सैनीकहरुलाई चीनियाँ सेनाले चेतावनि दिएपछि भारतले सिमा क्षेत्रमा सेनाको संख्या बढाइरहेको पत्रिकाले समाचारमा लेखेको छ ।
लद्दाख क्षेत्रमा भारतीय र चीनियाँ सेनाहरु विच तनाब चलिरहेकै बेला लिपुलेकमा पनि चीनियाँ सेनाले भारतीय सेनालाई हट्न चेतावनी दिएपछि भारतीय सेना तरंगित भएको छ