प्रधानमन्त्री मोदी पिथौरागढ आउदै,आदि कैलाशको दर्शन गर्ने

0
334

दार्चुला,असोज ७ गते ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असोज २४ र २५ गते अर्थात अक्टुबर ११ र १२ मा पिथौरागढ आउने भएपछि तयारी तिब्र पारिएको छ ।
उच्च हिमाली क्षेत्र नारायण आश्रम लगायत ज्योलिंगकोंग र गुन्जी सम्म पुग्ने तयारी भइरहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री आउने कार्यक्रमको आधिकारीक सुचना सार्वजनिक गरिएको छैन तर प्रधानमन्त्री मोदी सबै भन्दा पहिले १० हजार फिटको उचाईमा रहेको गुन्जी गाउँ जाने र आदि कैलाशको दर्शन गर्ने बताइएको छ ।
त्यसपछि चौदास स्थित प्रसिद्ध आध्यात्मिक स्थल नारायण आश्रम पुगेर पिथौरागढको जनसभामा सहभागीता हुनेछन् । मोदी पार्वती सरोवर जाने भएपछि पार्वती सरोवर सम्मको पैदल बाटोमा कंक्रीट गर्ने कार्य भइरहेको छ । भाजपाले बुधबार पार्टी कार्यालयमा रणनीति तय गरी प्रधानमन्त्री नरेन्द्र मोदी अक्टुबरमा पिथौरागढ भ्रमणको कार्यक्रम प्रस्तावित गरिएको छ । प्रधानमन्त्री पिथौरागढ आउने भएपछि संगठनले आफ्नो तयारी सुरु गरेको छ ।
भाजपा प्रदेश अध्यक्ष महेन्द्र भट्ट बिहीबार पिथौरागढ पुगेर पार्टी कार्यालयमा बैठक बसेको थियो । भाजपा जिल्ला अध्यक्ष गिरीश जोशीको अध्यक्षतामा बैठक बसि कार्यकर्ताहरुलाई आवश्यक निर्देशन दिएको बताइएको छ । यो समय तहसील प्रशासनद्धारा आठ अक्टुबरबाट १३ अक्टुबर सम्म उच्च हिमाली क्षेत्रमा जाने पर्यटकको लाईन प्रमिट जारी नगर्ने बताएको छ ।