पर्यटन प्रवद्र्धनका लागि टिकटक प्रतियोगिता,बैतडीका जेआर भट्ट प्रथम

0
572

दार्चुला,असोज ७ गते ।
दार्चुलाको अपिहिमाल गाउँपालिकाले आयोजना गरेको टिकटक प्रतियोगितामा बैतडी घर भएका जनकराज जेआर भट्ट प्रथम भएका छन् । गाउँपालिकाले पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने उद्येश्यले संचालन गरेको टिकटक प्रतियोगितामा जेआर भट्ट प्रथम भएका हुन् । यस्तै टिकटक प्रतियोगितामा रञ्जना लोथ्याल द्धितिय भएका छन् भने अन्य ५ जनाले सान्त्वना स्थानमा चित्त बुझाउनु परेको छ । सान्ताना स्थान प्राप्त गर्नेमा लखन वोहरा, रविना ठेकरे, रामा बोहरा, पशुपती कार्की र नयाँ नेपाल एफएममा कार्यरत पत्रकार उद्धवसिंह धामी रहेका छन् ।
टिकटक प्रतियोगिता विजेता हुनुभएका सहभागी र सन्ताना स्थान प्राप्त गर्ने सहभागीलाई विश्व पर्यटन दिवस तथा अपिहिमाल भ्रमण वर्ष २०८० को उद्घाटन समारोहमा पुरुस्कृत गरिने अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे बोहराले जानकारी दिनुभएको छ ।
गाउँपालिकाले पर्यटन प्रवद्र्धन क्षेत्रमा सामाजिक संजालको उपदेयतालाई मध्यनजर गर्दै अपिहिमाल गाउँपालिकामा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्न टिकटकको प्रतियोगिताको आयोजना गरेको थियो । सहभागीहरुलाई लाइक,भ्युज र समेटिएका विषयवस्तुका आधारमा छनौट गरेको गाउँपालिकाले जनाएको छ । प्रतियोगीतामा जम्मा २६ जनाले भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार द्धितिय हुनेलाई ७ हजार र सान्ताना स्थान हात पारेका ५ जनालाई ३ हजार रुपैयाँका दरले सान्त्वना पुरुस्कार तथा प्रमाणपत्र सहित प्रदान गरिने गाउँपालिका अध्यक्ष ठेकरे बाहराले बताउनुभयो । टिकटक भिडियो असोज १ देखि ७ गते दिउसो १२ बजेसम्म प्राप्त भ्यूज,लाइक र सेयर बापत ४० प्रतिशत र विषयबस्तुको गहनता, प्रस्तुतिकरण आदिका आधारमा ६० प्रतिशत भार विनीयोजन गरि मुल्याकंन गरिएको हो ।