नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका पुरुष बेपत्ता

0
489
पुलमै लाईन लगाएर भारतीय पक्षले नेपाली नागरिकहरुको परिचयपत्र चेकजाँच गर्दै

दार्चुला,भाद्र २८ गते ।
दार्चुलाको महाकाली नदीमा हाल फालेका पुरुष बेपत्ता भएका छन् । विहिबार विहान जिल्ला सदरमुकाम क्षेत्रमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका एक जना पुरूष महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी कार्यालय दार्चुलाका अुनसार बेपत्ता पुरूष जिल्लाको महाकाली नगरपालिका वडा–१ लास्कुका अन्दाजी वर्ष ४५÷४६ का ज्ञानीराम भूल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक डिएसपी शिव बहादुर सिंहले जानकारी दिनु भएको छ । बेपत्ता पुरुषले के कति कारणले महाकाली नदीमा हाम फालेको भन्नेबारे अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । बेपत्ता पुरूषको नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयहरूले नदी किनारमा खोजि गरिरहेको जनाएको छ ।
पुलघाट क्षेत्रमा बेपत्ता पुरूष नेपालबाट झोलुङ्गे पुल प्रयोग गरी भारत गइरहेको र भारत पट्टि एसएसबीले परिचयपत्र मागेको हुनाले उनको साथमा कुनै किसिमको परिचय पत्र नभएको भन्दै उनलाई नेपाल फर्काएको हल्ला समेत चलेको छ । भारतीय सुरक्षाकर्मीले नेपाल फर्काएपछि बीच पुलबाट महाकालीमा हाम फालेको बजारमा हल्ला चलेको भएपनि प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी सिंहले बताउनु भयो । पछिल्लो समय भारतीय सुरक्षाकर्मीले नेपालीहरुबाट धारचुला बजार प्रवेश गर्ने बेला परिचयपत्रको विवरण माग्ने गेरको छ ।