दुई दिनमा १४ जनाको आरडीटी पोजेटिभ

0
5858

बिरा दत्त भट्ट, दार्चुला ।

दार्चुलामा शुक्रबार र शनिबार ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्दा १४ जनामा एन्टीबडी पोजेटिभ देखिएको छ ।
शुक्रबार शैल्यशिखर नगरपालिकामा १ जनाको पोजेटिभ र लेकम गाउँपालिकामा १ जनाको आरडीटी पाजेटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
शनिबार शैल्यशिखर नगरपालिकामा १० जनामा आरडीटी रिर्पाेट पोजेटिभ देखिएको छ भने मालिकार्जुन गाउँपालिकामा २ जनाको आरडीटी रिर्पाेट पोजेटीभ देखिएको सम्बन्धित स्थानिय तहका स्वास्थ्य शाखा प्रमुखहरुले जानकारी दिएका छन् ।
आरडीटी रिर्पाेट पोजेटीभ देखिएका सबैजना भारतबाट आएर क्वारेन्टाइनमा राखिएका हुन् ।
उनिहरु सबैको पिसिआर परिक्षणका लागी नमुना संकलन गरि जेठ १७ गते नै धनगढि प्रयोगशालामा पठाएको भएपनि रिर्पाेट आएको छैन ।पिसिआर रिर्पाेट नआएपछि उनिहरुको क्वारेन्टाइन अवधि पुरा भएकाले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय सुरेन्द्र बहादुर विष्टले जानकारी दिनुभयो ।
रिर्पाेट पोजेटीभ देखिएको १४ जनालाई छुट्टै आइसोलेसनमा राखिएको छ ।
सुदुरपश्चिम प्रदेशमा रहेको एक मात्र कोरोना प्रयोगशाला धनगढीमा परिक्षण गर्नुपर्ने नमुनाहरुको चाप भएपछि स्वास्थ्य निर्देशनालयले ५ दिन सम्म पिसिआर परिक्षणका लागी नयाँ थ्रोट स्वाब संकलन स्थगित गर्न निर्देशन दिएको छ ।
पिसीआर परिक्षणका लागी दार्चुला बाट पठाइएका २ सय २७ नमुनाको रिर्पाेट आउन बाकि रहेको सूचना अधिकारी कार्कीको भनाई छ ।
सुदुरपश्चिम प्रदेश भरिबाट धेरै नमुनाहरु परिक्षणका लागी धनगढी पुगेपनि दैनिक दुई सय ५० जनाको मात्रै कोरोना परिक्षण गर्ने प्रयोगशालाको क्षमता भएको स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले जानकारी दिएका छन् ।