पिथौरागढमा ८० दिनमा २ हजार मतदाता बढे

0
483

दार्चुला, माघ २५ गते ।
भारतको पिथौरागढ जिल्लामा ८० दिनको अवधिमा २ हजार ३ सय ६१ मतदाता बढेका छन् । भारतको निर्वाचन आयोगले जनवरी २७ मा सार्वजनिक विवरणअनुसार ४ वटा विधानसभाका निर्वाचन क्षेत्र रहेको पिथौरागढ जिल्लामा दुई हजारभन्दा बढी मतदाता थपिएका हुन् ।
थपिएका मतदातामध्ये १ हजार २ सय ८१ पुरुष र १ हजार ७९ महिला छन् । पिथौरागढ जिल्लाभरी मतदाता संख्या ३ लाख ७७ हजार १ पुगेको निर्वाचन आयोगले जनाएको छ । नोभेम्बर ८ सम्म मतदाता संख्या ३ लाख ७४ हजार ६ सय ४० थियो ।
पछिल्लो विवरणअनुसार पिथौरागढ जिल्लाभरी १ लाख ८९ हजार १ सय ९७ पुरुष र १ लाख ८७ हजार ८ सय १ महिला मतदाता छन् । तेस्रो लिंगी मतदाता संख्या ३ छ ।
नयाँ थपिएका मतदातामध्ये धारचुला विधानसभा क्षेत्रमा ४ सय १६ जना छन् । धारचुलाको पछिल्लो मतदाता संख्या ८७ हजार ३ सय ५० पुगेको छ । डीडीहाट विधानसभामा ८ सय ३५ मतदाता थपिएर कुल मतदाता संख्या ८० हजार ७ सय ७२ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गंगोलीहाट विधानसभा क्षेत्रमा १ लाख १ हजार २ सय ६ मतदाता संख्या पुग्दा पिथौरागढ बजारको विधानसभा क्षेत्रमा १ लाख ७ हजार ६ सय ७३ मतदाता पुगेका छन् । गंगोलीहाटमा १ सय ३३ र पिथौरागढ विधानसभा क्षेत्रमा ९ सय ७७ मतदाता संख्या थपिएको छ ।