सडकको विवादले लेकमको १ नम्बर वडा कार्यालयमा तालाबन्दी

0
924

दार्चुला, असार १४ गते ।

लेकम गाउँपालिकामा सडकको विबादका कारण स्थानिय युवाहरुले १ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
सुदुरपश्चिम प्रदेश सरकारबाट आएको बजेट बाट गाउँपालिकाले रिठाचौपाता–सर्माेली–धन्थला र रिठाचौपाता–रातामाटा– धन्थला सडक खण्डलाई बराबर काट्ने निर्णय गरि काम सञ्चालन गरिएको भएपनि ठेकेदारले गाउँपालिकाको निर्णय विपरित वडा नं १ क्षेत्रको सडक कम काटेर वडा नं ४ र ५ मा बढि काटेपछि युवाहरुले विरोध गरेका हुन् ।
सर्मोली क्षेत्रमा पनि सडकको काम २४ घण्टा भित्र सुरु गर्न स्थानिय युवा अनिल साउदको नेतृत्वमा युवाहरुले ज्ञापन पत्र बुझाएका थिए ।
काम सुरु नभएपनि आज लेकम गाउँपालिका १ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेको स्थानिय अनिल साउदले जानकारी दिनुभयो ।
रातामाटा क्षेत्रको बराबर हुने गरि सर्माेलीमा पनि सडक निर्माण हुनुपर्ने आफुहरुको माग रहेको अर्का युवा दिपक विष्टको भनाई छ ।
माग पुरा नभए सम्मका लागी वडा कार्यालयमा अनिश्चीतकालीन तालाबन्दी गरिएको विष्टले जानकारी दिएका छन् ।
वडा कार्यालयले सम्बन्धीत पक्षसंग छलफल गरि गाउँपालिकाको निर्णय अनुसार र रिठाचौपाता–रातामाटा– धन्थला सडक बराबर रिठाचौपाता–सर्माेली–धन्थला सडकको निर्माण गर्नुपर्ने र मागहरु पुरा नभएमा लेकम गाउँपालकाको कार्यालयमा समेत तालाबन्दी गर्न बाध्य हुने स्थानिय अनिल साउदको भनाई छ ।
प्रदेश बाट सञ्चालीत योजना भएकाले सडक बारे गाउँपालिकाले समस्याको समाधान गर्नुपर्ने लेकम गाउँपालिका वडा नं १ का वडाध्यक्ष दौलत सिह साउदको भनाई छ ।
सडक निर्माणको जिम्मा पाएका ठेकेदारलाई आफुले बुझ्दा १८ हजार घनमिटर सडक काटिसकेको र १० हजार घनमिटर काट्न बाकि रहेको बुझिएको उहाँको भनाई छ ।
बाकि रहेको १० हजार घनमिटर सडक काट्ेर स्थानियहरुको माग पुरा गर्नुपर्ने वडाध्यक्ष साउदको भनाई छ ।