लिपुलेक जोड्ने सडकमा भारतले धमाधम संरचना निर्माण गर्दै, माल्पा क्षेत्रमा नयाँ मोटरेबल पुल तयार

0
1309
फाइल फोटोः धार्चुला-लिपुलेक सडकको माल्पा क्षेत्रमा बनाइएको बेलिब्रिज

दार्चुला, असार १४ गते ।
नेपाली भुमी अतिक्रमण गरेर भारतले सडक बनाएको लिपुलेक क्षेत्र जोड्ने सडकमा भारतले धमाधम संरचना निर्माण गरिरहेको छ ।
भारतको धार्चुला तहशिलबाट करिब ८० किलोमिटर उत्तर पश्चिममा पर्ने माल्पा क्षेत्रमा मोटरेबल पुलको निर्माण गरि आइतबार बाट सञ्चालनमा ल्याएको छ ।
जनरल रिर्जव इन्जीनियर फोर्स ( ग्रीफ ) कम्पनीले डेढ महिनाको अवधिमा लिपुलेक जोड्ने सडकको २ ठाउँमा मोटरेबल पुल निर्माण गरेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
लिपुलेक सम्म जोड्ने सडकको ट्याक खुलेपछि भारतका रक्षा मन्त्री राजनाथ सिहले सडकको उद्धघाटन गरेपछि लिपुलेक सम्म जोड्ने सडकमा पुल निर्माण, सडकको ग्रेड मिलाउने काम धमाधम भइरहेको बताइएको छ ।
नेपालले आफ्नो भुमी लिपुलेकमा भातरले बनाएको सडकको विरोध गरेको अवस्थामा पनि नेपालको कुरा नसुनि भारतले लिपुलेक सम्म जोड्ने सडकको बाकि रहेको निर्माणकार्य युद्धस्तरमा गरिरहेको छ ।
मनसुन सुरु हुने भएकाले ग्रीफ कम्पनीले माल्पा र बुदि क्षेत्रमा २ वटा मोटरेबल पुलको डेढ महिनामा निर्माणकार्य सम्पन्न गरि यातायात सञ्चालनमा ल्याएको छ ।
पुल निर्माणले भारतीय आर्मीलाई नेपाली अतिक्रमीत भुमी लिपुलेक, लिम्पीयाधुरा र कालापानीमा निर्माण भएको सडकमा पुग्न सहज हुनेछ ।