लिपुलेक जोड्ने सडकको बुदीमा पुल निर्माण

0
1339

कालापानी न्युज, दार्चुला ।

नेपाली भुमी लिपुलेक क्षेत्रमा भारतले सडक बनाएपछि विबाद भएकै बेला भारतले लिपुलेक जोड्ने सडकको बुदी क्षेत्रमा पुल निर्माण गरेको छ ।
कैलाश मानसरोवर यात्रा मार्गका नामले भारतले निर्माण गरेको सिमा सडक अन्र्तगतको बुदी गाडमा एक सय फिट लामो  पुलको निर्माणकार्य सम्पन्न भएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
निर्माणकार्य पुरा भएपछि मंगलबार देखी उक्त पुलमा सवारि साधनहरु गुडिरहको बताइएको छ । बुदी बाट अक्रिमीत नेपाली भुमी गुञ्जी करिब २३ किलोमिटर उत्तरमा पर्छ ।
बुदीगाडमा पुल सञ्चालन भएपछि बर्षादको समयमा लिपुलेक क्षेत्रमा जाने सवारी साधनहरुलाई सजिलो हुने भएको छ ।
नेपाली भुमी लिपुलेक हुदै चीन सिमा सम्म जोड्ने सडकको उद्घाटन गएको महिना भारतीय रक्षा मन्त्री राजनाथ सिहले अनलाइन उद्धघाटन गरेका थिए ।
उक्त सडकका केहि क्षेत्रहरुमा अझै नयाँ पुलहरु निर्माण भइरहेको उक्त पत्रिकाले जनाएको छ ।
हरिक योजना अनुसार सडक काटिरहेकै अवस्थामा बुदीगाड र मालपा क्षेत्रमा पुल निर्माणको काम सञ्चालनमा रहेको बताइएको छ ।
बुदीगाडमा निर्माण भइरहेको पुलको निर्माणकार्यसम्पन्न भएपछि सिमा सडक संगठनले सोमबार नै पुलको उद्घाटन गरिसकेको छ भने मालपामा पुल निर्माणको कार्य जारि रहेको छ ।
पुल उद्धघाटन विधि विधान सहित पुजा आजा गरि विआरओका अधिकारीहरुले उद्धघाटन गरेको बताइएको छ ।
उद्धघाटन कार्यक्रममा भारतीय आर्मीका कर्नेल सोबेन्द्र बनर्जी,ओसी गुरतेज सिह, एई पी मंण्डल, एई राहुल सिह आदीको सहभागिता रहेको थियो ।
साथै मालपामा डेढ सय मिटर लामो पुल निर्माणको कार्य तिब्र रुपमा भइरहेको बताइएको छ । उक्त पुल एक महिना भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।