लकडाउनको बेला खलंगा–दल्लेख–होपरीगाड सडकमा निर्वाध सवारी साधन सञ्चालनमा

0
865

कालापानी न्युज, दार्चुला ।

कोरोना प्रभावले देशैभरि लकडाउन गरि आवतजावत र सवारी साधनहरुलाई बन्द गरेका बेला खलंगा–दल्लेख– होपरिगाड सडकमा निर्बाधरुपमा सवारी साधन सञ्चालनमा रहेको पाइएको छ ।
बंगाबगड बसपार्क बाट जीपहरु बुकिङ गरेर विना सवारी पास सञ्चालन भइरहेको पाइएको पत्रकार सन्तोष कोट्टारीले जानकारी दिनुभयो ।
उक्त सडकबाट अपी हिमाल गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाका बासिन्दाहरुले आवत जावत गर्ने गरेका छन् ।
लकडाउनका बेला जिल्ला प्रशासन कार्यालय दार्चुलाले अत्यावस्यक समान बोक्ने सवारी साधन र एम्बुलेन्सहरु बाहेक सञ्चालन नगर्न भनेका बेला खलंगा दल्लेख क्षेत्रमा भने निर्वाध रुपमा यात्रु ओसार्ने सवारि साधन सञ्चालन भइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले अत्यावस्यक सवारी साधनका लागी पनि सवारी पास जारी गरेर सञ्चालन अनुमती दिएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नौगाड गाउँपालिकाको क्वारेन्टाइनमा सामान ढुवानी र खाद्य ढुवानीका लागी जीपहरुलाई अनुमती दिएको भएपनि यात्रु ओसार्न अनुमती नदिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरले जानकारी दिनुभएको छ ।
बंगाबगड र दल्लेखमा प्रहरी चौकीले निगरानी गरिरहेको र विना अनुमती सञ्चालन भएको पाइएमा कारवाही गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीको भनाई छ ।