दार्चुलामा पर्यटन मन्त्रालयका ८ योजनामा १ करोड ९५ लाख बजेट

0
1319

बिरा दत्त भट्ट, दार्चुला ।

दार्चुलामा पर्यटन विकासका लागि संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १ करोड ९५ लाख बजेट विनियोजन गरेको छ ।
मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७।७८ मा कार्यान्वयन हुने गरि ८ वटा योजनामा १ करोड ९५ लाख बजेट स्विकृत गरेको हो ।

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दार्चुलाको गोकुलेश्वर विमानस्थल संचालनका लागि मात्रै १ करोड बजेट बिनियोजन गरेको छ भने अन्य विभिन्न धार्मिक एवं सास्कृतिक क्षेत्रको पर्यटन पुर्वाधार विकासका लागि ९५ लाख बजेट स्विकृत गरिएको छ ।
दार्चुलाबाट प्रत्यक्ष निर्बाचित संघिय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य गणेशसिह ठगुन्नाको पहलमा पर्यटन क्षेत्रको पुर्वाधार विकास गर्न गोकुलेश्वर एयरर्पोट सहित ८ कार्यक्रम स्विकृत गरेको सांसद ठगुन्नाका स्वकिय सचिव दौलतसिह ठगुन्नाले जानकारी दिनुभएको छ ।

शैल्यशिखर नगरपालिकाको वडानम्बर ९ स्थित गोकुलेश्वर एयरर्पोट संचालनका लागि १ करोड, ब्यास गाउँपालिका वडानम्बर ५ को भुमिराज मन्दिर संरक्षण गर्न १५ लाख , मालिकार्जुन गाउँपालिका वडानम्बर ६ उकुमा रहेको भग्नावशेष महल संरक्षणका लागि २५ लाख र गोधु तातोपानी धार्मीक तथा पर्यटकिय क्षेत्र पुर्वाधार निमार्णका लागि १० लाख बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै मार्मा गाउँपालिका वडानम्बर ५ मुरै सितोला पदमार्ग पर्यटन पुर्वाधारको लागि २० लाख,व्यास गाउँपालिका वडानम्बर १ को व्यास तिंकर पदमार्गको लागि १० लाख, खण्डेश्वरी घुषा अपि बेश क्याम्प पदमार्ग निर्माणमा १० लाख र मार्मा गाउँपालिका वडानम्बर ६ मा स्थित लटिनाथ मन्दिर पर्यटन क्षेत्र पुर्वाधार निर्माणका लागि ५ लाख बजेट स्विकृत गरेको छ ।