प्रधानमन्त्री रोजगार कार्यक्रमः पुर्चाैडीमा ३ सय ८३ जनाले रोजगार पाए

0
2006

कालापानी न्युज,दार्चुला । बैतडीको पुर्चाैडी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा जिल्लाकै सबैभन्दा बढी बजेट उपलब्ध भएको छ ।
पुर्चाैडी नगरपालिकाका लागि चालु आर्थिक वर्षमा जिल्लाका अन्य स्थानीय तहको भन्दा बढी बजेट प्राप्त भएको रोजगार संयोजक मीन बहादुर महराले बताउनु भयो । रोजगार संयोजक महराका अनुसार पुर्चाैडी नगरपालिकालाई चालु आर्थिक वर्षमा पहिलो र दोस्रो चरणमा गरि ८५ लाख बजेट उपलब्ध गराएको छ ।
नेपाल सरकारले लकडाउनका बेला श्रमिकहरुलाई समस्या पर्ने भन्दै पहिलो चरणमा प्रदान गरेको बजेटमा थप गरेर कार्यक्रम सञ्चालनका लागि बजेट उपलब्ध गराएको हो । पुर्चाैडी नगरपालिकाले पहिलो चरणमा ७५ लाख र दोस्रो चरणमा १० लाख बजेट प्राप्त गरेको रोजगार संयोजक महराले बताउनु भयो ।
पहिलो दोस्रो चरणमा नगरपालिकालाई उपलब्ध बजेट अन्य स्थानीय तहको भन्दा बढी भएको उहाँको भनाई छ । साथै अन्य स्थानीय तहको भन्दा पुर्चाैडीमा रोजगार पाउनेहरुको संख्या समेत बढी रहेको उनले बताउनु भयो । पुर्चाैडीका जम्मा ३ सय ८३ जनाले यो वर्ष रोजगार पाउने छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम जेठ १५ देखि सञ्चालन गरिएको बताइएको छ ।