त्रिदेशिय सीमा क्षेत्रको भ्रमणमा भारतीय एसएसबी र आइटीविपीका महानिर्देशक

0
1224

दार्चुला, कार्तिक २ गते ।
भारतीय अर्धसैनिक बल एसएसबी र आइटिवीपीका महानिर्देशक त्रिदेशिय सीमा क्षेत्रको भ्रमणमा रहेका छन् ।
एसएसबीका डीजी ज्योर्तिमय चक्रवर्तीे अतिक्रमित नेपाली भूमी कालापानी क्षेत्रको भ्रमणमा रहेको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ ।
विहिबार कालापानी क्षेत्र पुगेका डीजीले बुदी, छियालेक, गरब्याङ, गुञ्जी लगायतका ब्यारेकहरुको निरिक्षण गरेका छन् । निरिक्षण पश्चात सोमबार आइपुग्ने बताइएको छ ।
त्यसैगरि आइटीवीपीका महानिर्देक एसएस देशवाल शनिवार चीन संग जोडिएको सीमा निरिक्षणका लागि हेलिकोप्टर मार्फत मुनस्यारी पुगेका थिए ।
एसएसबीका डीजीले आइतबार चीन सीमा क्षेत्रको अन्तीम चौकी दुंग क्षेत्रको अनुगमन निरिक्षण गरेका छन् ।