भारतीय पेन्सनरहरुका लागि तीनदिन सम्म सीमा पुलहरु खुल्ने

0
976
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, कार्तिक ३ गते ।
नेपालमा रहेका भारतीय पेन्सनरहरुका लागि नेपाल–भारत जोड्ने पुलहरु ३ दिन सम्म खुल्ने भएका छन् । कोरोना प्रभावले सीमानाका बन्द भएका कारण भारतीय पेन्सनर रहेका नेपाली नागरिकहरु भारतबाट पेन्सन बुझ्न सकिरहेका छैनन् ।
गत चैत्र ११ गते देखि सीमानाका बन्द भएयता पेन्सरनरहरुका लागि गत असार २४ गते देखि २६ गते सम्म सीमापुल खोलिएको थियो । त्यसयता पेन्सनरहरुका लागि सीमापुल नखोलीदा भारतीय सेनाका सेवा गरेका नेपालीहरु समस्यामा परेका थिए ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपालीहरुको महान पर्व दशै आइरहेकाले भारतीय पेन्सनरहरुले दशै मनाउनका लागि भएपनि पेन्सन बुझ्नुपर्ने भएकाले सीमापुलहरु खोल्ने विषयमा भारतीय प्रशासनलाई पत्राचार गरेको थियो ।
उक्त पत्रको जवाफमा भारतको धार्चुलाका एसडीएम अनिल कुमार शुक्लाले नेपाली पक्षलाई पत्र लेख्दै कार्तिक ५ गते देखि ७ गते सम्म विहान ९ बजे देखि २ बजे सम्म खलंगा स्थित सीमापुल र जौलजिवि स्थित सीमापुल खोल्ने सहमती ब्यक्त गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सोहि अनुसार तीन दिन सम्म पेन्सनरहरुका लागि सीमापुलहरु खोलिन लागेका छन् ।
पेन्सनरहरुले आफ्नो पेन्सनपट्टा सहित परिचय खुल्ने परिचयपत्र बोकेर स्वास्थ्य सम्बन्धी मापदण्ड पुर्ण रुपमा पालना गरेर पेन्सन बुझ्नुपर्ने छ । पुल खुलेको समयमा पेन्सनरहरु मात्रै पुलमा आवतजावत गर्न पाउने छन् ।