दार्चुलामा लगातार कोरोना संक्रमण बढ्दै

0
707

दार्चुला, कार्तिक २ गते ।
विगत चार दिन देखि दार्चुलामा लगातार कोरोना संक्रमण बृद्धि भइरहेको छ । चार दिनमा लगातार दार्चुला जिल्लाका विभिन्न क्षेत्रमा ४६ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ । असोज २९ गते देखि दार्चुलामा दैनिक कोरोना संक्रमणका केसहरु देखिरहेका छन् । असोज २९ गते सशस्त्र प्रहरी ४४ नम्बर गणका सशस्त्र प्रहरी सहित महाकाली नगरपालिका क्षेत्रका ३८ जनामा कोरोना पुष्टि भएको थियो भने असोज ३० गते सशस्त्र प्रहरी गणमै कार्यरत थप तीन जनामा कोरोना पुष्टि भएको थियो । कार्तिक १ गते मार्माका तीन जना र लेकमका एक जना गरि चार जनामा कोरोना पुष्टि भएको थियो । त्यसैगरि आज दुहु गाउँपालिकाका थप एक जनामा कोरोना पुष्टि भएको स्वास्थय कार्यालय दार्चुलाले जनाएको छ । दुहु गाउँपालिका वडा नं १ का २० बर्षिय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । हाल सम्म दार्चुलामा ३ हजार ९ सय दुई जनाको कोरोना परिक्षण गरिएको छ । जसमध्ये १ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका मध्ये १ सय ४४ जनाले कोरोना जितेका छन् भने ५५ जना सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।