मालिकार्जुन जात्राको अवसरमा दार्चुलाका दुई स्थानीय तहमा दुई दिन सार्वजनिक बिदा

0
105

दार्चुला,मंसिर ०८ गते
जिल्लाको मालिकार्जुन गाउँपालिकाले मालिकार्जुन जात्राका लागि २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रकै सातौँ धाम मालिकार्जुन मन्दिर मडमा मंसिर १० गते लाग्ने विशाल जात्राको अवसरमा मंसिर १० र ११ गते गाउँपालिका क्षेत्र भित्र सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । गाउँपालिकाले आईतबार र सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको शुक्रबार गाउँपालिकाद्धारा प्रकासित सूचनामार्फत जानकारी गराएको छ ।
यस्तै जात्राकै अवसरमा शैल्यशिखर नगरपालिकाले पनि २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । राष्ट्रका सात धाम मध्येको एउटा धाम मालिकार्जुन मन्दिर मडमा मंसिर १० गते लाग्ने विशाल जात्राको लागि मंसिर १० र ११ गते सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पनि आईतबार र सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको सूचना मार्फत जानकारी गराएको छ । सार्वजनिक बिदाका दिन सम्पुर्ण सरकारी कार्यालय बन्द रहने स्थानीय तहद्धारा जारी गरिएकाे सुचनामा उल्लेख गरिएको छ ।