नेपाल–भारत सैन्य अभ्यास भारतको पिथौरागढमा शुरु

0
89

दार्चुला,मंसिर ०८ गते ।
भारतको पिथौरागढमा नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास शुरु भएको छ । सूर्य किरण नाम दिइएको उक्त अभ्यासमा दुबै सेनाका बटालियनको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ । उक्त अभ्यासको यो १७ औं श्रृंखलामा भाग लिन नेपाली सेनाको टोली पिथौरागढमा रहेको नेपाली सेनाले जनाएको छ ।
संयुक्त अभ्यास सूर्य किरणको अघिल्लो श्रृंखला गत वर्ष पुस १ गतेदेखि १४ गतेसम्म रुपन्देहीको सालझण्डीमा भएको थियो । यस पटक प्रमुख सेनानी सुवास के को सीको नेतृत्वमा ३३४ जनाको टोली भारत गएको छ । आगामी २१ गतेसम्म सञ्चालन हुने अभ्यासमा विपद् व्यवस्थापन,प्रति व्रिदोह तथा प्रति आतंकवाद लगायत जङ्गल युद्धकला सम्बन्धी अभ्यास गरिने नेपाली सेनाले जनाएको छ ।