मनकारी वडा अध्यक्ष चन्द:मालिकार्जुन मन्दिरका लागि पठाएका २० थान कम्बल हस्तान्त्रण

0
152

दार्चुला,मसिंर ०९ गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्वर ५ ले गाउँपालिकाको वडा नम्वर ३ मा रहेको देशकै सातौँ धाम मालिकार्जुन मन्दिर व्यवस्थापन समितिलाई कम्बल हस्तान्त्रण गरेको छ । मालिकार्जुन गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष मदन बहादुर चन्द र वडाका जनप्रतिनिधिहरुले वडा कार्यालयको व्यवस्थापन शिर्षकको रकमबाट खरिद गरि पठाएका २० थान कम्बल शुक्रबार मालिकार्जुन विकास समितिलाई हस्तान्तण गरिएको हो ।
मालिकार्जुन गाउँपालिकाका योजना शाखा प्रमुख जनक राज अवस्थी र पालिकाका कर्मचारीहरुको सहभागितामा मालिकार्जुन विकास समितिका अध्यक्ष सुविर सिंह धामी,सचिव जनक सिंह धामी र सदस्य तथा मन्दिरका मुखिया धिर्क सिंह धामी लाई कम्बल हस्तान्त्रण गरिएको मालिकार्जुन गाउँपालिका योजना शाखा प्रमुख जनक राज अवस्थीले जानकारी दिनु भयो । मन्दिरमा आउने श्रद्धालु भक्तजनहरुको सहजताको लागि वडा कार्यालयको व्यवस्थापन शिर्षकको रकमबाट कम्बल खरिद गरी पठाएको वडा अध्यक्ष चन्दले बताउनु भयो । आफु काम विशेषले बाहिर भएपनि चिसो समयमा मन्दिरमा आउने भक्तजनहरुको सहजताको लागि ३५ हजार बराबरका कम्बल खरिद गरी पठाएको उहाँले बताउनु भयो ।
यस अघि वडा अध्यक्ष चन्दले भारतमा सम्पन्न भएको गौतम बुद्ध युनिभर्सिटीमा भारत्तोलनको जुनियर एसियन च्याम्पियनसीपमा तीनवटा काँस्य पदक जितेका हेमन्त पाललाई सम्मान स्वरुप १ लाख रुपैयाँ तथा डाडाकोट नै घर भएका जुनियर तर्फ त्रिपलजम्पमा दोस्रो स्थान बनाएका हिमानी बोहरालाई सम्मान स्वरुप ५० हजार रुपैँयाको चेक सहित सम्मान गरेका थिए ।