मालिकार्जुनका युवा भारतको जम्बुुमा पैसाको अभावले समस्यामा

0
1255

कालापानी न्युज, दार्चुला ।

मालिकार्जुन गाउँपालिका वडानम्बर ४ का ११ युवाहरु भारतको जम्मुमा पैसाको अभावले समस्यामा परेका छन् । रोजगारीको शिलशिलामा भारतको जम्मु गएका मालिकार्जुन गाउँपालिका वडानम्बर ४ का ११ युवाहरु झण्डै २ महिनाको लकडाउनका कारण पैसा अभावले समस्यामा परेको मालिकार्जुन गाउँपालिका वडानम्बर ४ ऐरिछाना बस्ने हाल जम्मु रहेका धनसिह धामीले जानकारी दिनुभयो ।
लकडाउन भएको झण्डै २ महिना बित्नै लाग्दा आफुसंग भएको बजेट सिद्धिएकोले खाद्यन्न सामाग्री खरिद गर्न समस्या हुदा समस्यामा परेको उनको भनाई रहेको छ । काम गर्ने साहुले दिनमा १ पटक मात्र खाना दिने र बेलुकीको खाना र नास्ता आफैले जोहो गर्नुपर्ने हुदा विगत ३÷४ दिनदेखि समस्यामा परेको धामीले बताउनुभयो । “हामि त समस्या पर्यौ पर्यौ तर घरपरिवारको चिन्ताले झनै दुखित तुल्याएको छ” धनसिह धामीले भने ।

त्यस्तै रामालिकार्जुन ४ ऐरिछाना बस्ने हाल भारतकै जम्मुमा रहेका उकेश धामीले भने हामि यता फस्यौ उता गाउँपालिकाले पनि भारतमा रहेका घरपरिवारलाई राहत वितरण नगरेको प्रति दुुखेको पोखेका छन् ।
वडाभित्र हामिजस्तै गरिब सबै छन् तर घरमा बस्ने लाई राहत वितरण गरियो भन्ने सुनियो तर हाम्रो परिवारलाई राहत वितरण किन हुन सकेन गाउँपालिकालाई धनसिह धामीले प्रश्न गरेका छन् । गाउँघरमा कुनै रोजगारी छैन हामिले नै काम गरेर केहि बचत गरि घर पठाउने हो तर लकडाउनले रोजगारी गुमेकोले घरपरिवार पनि समस्यामा परेको उनले बताउनुभयो ।
भारतको जम्मुमा मालिकार्जुन गाउँपालिका वडानम्बर ४ हुनैनाथ ऐरिछानाका उकेश सिह धामी, धनसिह धामी, इन्द्रसिह धामी,पुस्करसिह धामी,रोशन धामी,मोहन धामी, सुन्दर धामी, राजेन्द्रसिह धामी ,लोग धामी,महेश धामी र भोज सिह धामी दिनको १ छाक खाना खाएर बसिरहेको धनसिह धामीले बताउनुभयो ।

मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले भने भारतमा रहेका नितान्त रोजगारी शिलशिलामा भारत गएका मालिकार्जुनबासीहरुको वडागत लगत संकलन भइरहेको बताउनुभयो । प्रत्येक वडालाई लगत संकलन गर्न लगाइएकोले भोलीपर्सी सम्म सबै वडाको लगत संकलन गर्ने कार्य सम्पन्न हुने बित्तीकै गाउँकार्यपालिकाको बैठक वस्ने तयारी रहेको बताउनु भयो । साथै हिजोमात्र सुदुरपश्यिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसंग भिडीयो कन्फ्रेसबाट भारतमा रहेका नेपालीको समस्याबारे ध्यानाकर्षण गराएको मालिकार्जुन गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो । भारतमा रहेका मालिकार्जुनबासीको बारेमा आफु चिन्तीत भएपनि अन्तराष्ट्रिय सम्बन्धको विषय भएकोले समस्या विषयको भएको उनले बताउनु भयो ।