छाङरु र तिंकर जोडने घोरेटो बाटो निर्माण कार्य सुरु

0
1187
ब्यास गाउँपालिकको वडा नं १ मा रहेको छाङरु गाउँ

कालापानी न्युज, दार्चुला ।

व्यास गाउँपालिका वडानम्बर १ छाङरु जोडने घोरेटो बाटो निर्माण कार्य सुरु गरिएको छ ।
व्यास गाउँपालिका वडा नम्बर २ को मौराभिटादेखि वडानम्बर १ छाङरु सम्म जाने घोरेटोबाटो निर्माण कार्य आजदेखि सुरु गरिएको व्यास गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेखरचन्द्र ओझाले बताएका छन् ।
ब्यासी सौका समुदायको कुञ्जा सर्न समस्या परेको बेला गाउँपालिकाले बाटो निर्माण कार्यको थालनी गरेको छ ।
चालु आर्थिक वर्ष २०७६।७७ को गाउँसभाबाट विनियोजन गरिएको १० लाख र बैशाख १९ गतेको कार्यपालिकाको निर्णय अनुसार विभिन्न शिर्षक कटौती गरेर विनियोजन गरिएको १४ लाख गरि २४ लाखको लागतमा घोरेटो निर्माण गरिने प्रमुख प्रशासकिय अधिकृत ओझाले बताउनुभयो । उपभोक्ता समितिबाट बाटो निर्माण गरिन लागेकोले २५ दिनमा सम्पन्न गर्ने गरि योजनाको सम्झौता गरिएको उनले बताउनुभयो ।
भारतको बाटो भएर कुञ्जा सर्ने ब्यासी सौका समुदायलाई लकडाउनका कारणका कुञ्जा सर्न समस्या भएकोले त्यसलाई मध्यनजर गरि छिट्टै सम्पन्न निर्माण सम्पन्न गर्ने गरि उपभोक्ता समितिलाई निर्देशन दिएको उहाँको भनाई रहेको छ । साथै उपभोक्ता समितिलाई तिब्र रुपमा कार्य गरी बाटो खोल्न उपभोक्ता समितिलाई व्यास गाउँपालिका अध्यक्ष दिलीपसिह बुढाथोकीले निर्देशन दिएका छन् ।