पुरचौडीमा एक हजार बढीको कोरोना परीक्षण

835

बैतडी । बैतडीको पुर्चाैडी नगरपालिकामा एक हजार बढीको कोरोना भाइरस परीक्षण गरिएको छ ।
नगरपालिकाले पिसिआर विधिबाट र आरटडिटी विधिबाट गरि १२ सय ६२ जनाको कोरोना भाइरस परीक्षण गरिएको नगर स्वास्थ्य शाखा संयोजक बिनोद कुमार कुवँरको भनाई छ । नगरपालिकालाई स्वास्थ्य कार्यालय बैतडीबाट प्राप्त किटहरुबाट क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गरिएको स्वास्थ्य शाखा संयोजक कुवँरले जानकारी दिनुभयो ।
पुर्चाैडी नगरपालिकाभरी २९ ओटा क्वारेन्टाइनमा ८ सय ८९ जना बसेका थिए । ती सबैको कोरोना परीक्षण गरि क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएकाहरुलाई घर पठाइएको नगरप्रवक्ता दलबहादुर धामीले बताएका छन् ।
स्वास्थ्य कार्यालय बैतडीबाट नगरपालिकालाई कोरोना परीक्षणका लागि ८ सय किट उपलब्ध भएको थियो भने स्वाब संकलनका क्रममा पनि केही किटहरु प्राप्त भएकाले सबैको कोरोना परीक्षण गरिएको हो ।
विभिन्न क्वारेन्टाइनमा बसेका ८ सय ८९ जनाको कोरोना परीक्षण गरिएको छ भन यसअघि ३ सय ७३ जनाको पनि कोरोना परीक्षण गरिएको थियो । ३ सय ७३ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ भने ८ सय ८९ जनाको दु्रत परीक्षण विधिबाट परीक्षण गरिएको हो । दुबै विधिबाट नगरपालिकाभरी १२ सय ६२ जनाको कोरोना परीक्षण गरिएको नगरप्रवक्ता धामीले जानकारी दिएका छन ।
क्वारेन्टाइनमा बसेकाहरुको कोरोना परीक्षण गरि घर पठाउने क्रम बढेसंगै नगरपालिकाका बढीजसो क्वारेन्टाइनहरु खाली हुन थालेका छन् । नगरपालिकाको डिलेश्वरी हाँटमा २८ जना, मल्लादेही क्वारेन्टाइनमा ४ जना, भट्ना र कुवाकोट क्वारेन्टाइनमा मात्रै बसेका छन् भने अन्य क्वारेन्टाइनहरु खाली भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !