भारतले अतिक्रमण गरेको कालापानी–लिपुलेक क्षेत्र नजिक सशस्त्र प्रहरीको गस्ती ( फोटो )

0
1135
छाङरुको सितापुल क्षेत्रमा गस्ती गर्दै सशस्त्र प्रहरी

कालापानी न्युज, दार्चुला ।

नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा) मा बुधबार स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी)ले दुई देशबीचको सीामान वरपर गस्ती सुरु गरेको छ । बिहीबार प्रहरी टोली महाकारी नदी किनारा र सीमा क्षेत्र वरिपरि गस्ती गरेको छ ।

बिहीबारै सीमा जोडिएको महाकाली नदीमाथिको काठेपुल (सीतापुल) मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राईसँग कुरा भारतीय एसएसबीका प्रतिनिधिले कुराकानी गरेका छन् । कुराकानीका क्रममा छाङ्रुस्थित सुरक्षा निगरानी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द पनि सहभागी रहेका थिए ।

चौकी स्थापना भएको भोलिपल्ट सशस्त्र प्रहरीका जवनाहरु आवश्यक हतियार र बन्दोबस्तीका सामान व्यवस्थापनमा व्यस्त रहे । आवश्यक हतियार र सामान नेपाली सेनाको हेलिकप्टरले केही माथि झारेको थियो । भारतले नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी तिब्बतको मानसरोवर जाने सडक बनाउन थालेपछि सरकारले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको स्थापना गरेको हो ।

रातोपाटीबाट साभार