भारतको उत्तराखण्डमा एक किशोरीलाई एक दिनको मुख्यमन्त्री बनाईदै

0
1140

दार्चुला, माघ ११ गते ।
भारतको उत्तराखण्ड प्रदेशमा एक जना किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाईदै छ । भारतको हरिद्धार जिल्लाकि सृष्टि गोस्वामीलाई राष्ट्रिय बालिका दिवसको अवसरमा आईतबार एक दिनको मुख्यमन्त्री बनाईदैछ । १९ वर्षीया गोस्वामी उत्तराखण्डकि पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । तथापी यो एउटा प्रतिकात्मक मात्रै हुनेछ । मुख्य मन्त्री भएपछि गोस्वामीले सरकारको विभिन्न विभागका कार्यहरु हेर्नेछिन भने विभागिय अधिकारीहरुले आफ्ना कार्यहरुको प्रस्तुती दिनेछन् । आईतबार दिउसो १२ बजे देखि ३ बजे सम्म उत्तराखण्ड विधानसभा भवनमा गरिने उक्त कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिबेन्द्र सिह रावत पनि उक्त कार्यक्रममा उपस्थित हुने कार्यतालिका छ ।
किशोरीहरुको सशक्तिकरणका तथा जागरुकताका लागि गोस्वामीलाई एक दिनको मुख्य मन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष ऊषा नेगीको भनाई छ ।
उत्तराखण्ड सरकारको एक दिनको मुख्यमन्त्री बन्न लागेकि सृष्टीले सामाजिक सञ्जाल मार्फत एक दिनको मुख्य मन्त्री बन्न लागेकोमा खुसि ब्यक्त गरेकि छिन् । “म धेरै खुसी छु, कि मलाई एक दिनको मुख्य मन्त्री बन्ने अवसर प्राप्त भएको छ, उत्तराखण्ड सरकारको विभिन्न विभागको प्रस्तुती पछि, उनिहरुलाई आफ्नो सुझाव दिनेछु, खासगरि बालिकाहरुको समस्या संग सम्बन्धीत सुझाव दिनेछु” उनले लेखेकि छन् ।
रुड्की जिल्लाको बीएसएम पीजी क्याम्पसमा बीएस्सी एग्रीकल्चर कि छात्रा सृष्टीका आमाबुवाले उक्त अवसरका लागि उत्तराखण्डका मुख्यमन्त्री रावतलाई धन्यबाद दिएका छन् ।
प्रतिकात्मकरुपमा महिला सशक्तिकरणको प्रयास राम्रो भएपनि वास्तविक क्षेत्रमा महिला सशक्तिकरण चुनौतीपुर्ण भएको कुमाउ विश्वविद्यालयमा छात्र महासंघकि पहिलो महिला महासचिव रहेकि भारती जोशीको भनाई छ ।
उत्तराखण्ड प्रदेशको स्थापना पछि २० बर्ष सम्मको अवधिमा ९ मुख्यमन्त्री सत्तामा आएपनि हाल सम्म महिला मुख्यमन्त्री बन्न सकेका छनैन् । एक अध्ययनका आधारमा आरक्षणमा ग्राम पञ्चातहरुमा महिला राजनितिमा आएपनि ब्यवहारमा उनका श्रीमान वा वुवाको हात रहेको पाइएको भारतीको भनाई छ ।

बिबिसी हिन्दीबाट