दार्चुलामा मालबाहक मिनि ट्रकमा आगलागि

0
820

दार्चुला, माघ १० गते । दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगा आइरहेको मिनि ट्रकमा आगलागि भएको छ । शैल्यशिखर नगरपालिकाको नक्तड जंगल जनिक सु.प्र.प ००१ क १५४८ नम्बरको मालबाहक मिनि ट्रकमा आगलागि भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी पुस्कर ऐरीले जानकारी दिनुभयो । दिउसो ट्रकमा आगलागि कसरी भयो भन्ने विषय नखुलेको उहाँको भनाई छ । शनिबार विप्लव समुहले बन्दको आव्हान गरको भएपनि उक्त आगलागिको घटनाको जिम्मा यो समाचार तयार पार्दा सम्म विप्लव समुहले लिएको छैन । ट्रक चालक र ट्रकमा सवार एक जनालाई नियन्त्रणमा लिएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रतिबन्धीत नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहको नेपाल बन्दको आव्हानलाई मध्यनजर गर्दै शनिबार प्रहरीले सडक र बजार क्षेत्रमा निगरानी बढाएको थियो ।