बलुवाकोटमा जीप महाकाली नदी किनारमा खस्यो

0
1111

दार्चुला, साउन ५ गते ।
भारतको धार्चुला तहशिलको बलुवाकोटमा आईतबार एक जीप सडक बाट महाकाली नदी किनारमा खसेको छ । माथि बाट खसेको ढुङ्गा लाग्दा जीप अनियन्त्रीत भएर महाकाली नदीमा खसेको भारतीय पत्रिका अमर उजालाले समाचार लखेको छ ।
धार्चुलाको नयाँ बस्ती बस्ने जीप चालक सचिन कुमार धार्चुला बाट बलुवाकोट गइरहेको बेला दुर्घटनामा परेका हुन् । दुर्घटनामा जीप चालक गम्भीर घाइते भएकाले धार्चुला अस्पत्तालमा सामान्य उपचार पछि पिथौरागढ अस्पत्ताल रेफर गरिएको छ ।