पहिरोमा पुरिएर २ जनाको ज्यान गयोः विभिन्न ठाउँमा क्षती

760

दार्चुला , साउन ५ गते ।
दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । नौगाड ६ का ४२ वर्षिय मानमती ठगुन्ना र सोही ठाउँका ६ वर्षिय बालिका आरती ठगुन्नाको पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आईतबार राती भएको वर्षाका कारण बाढि पहिरो आउदाँ पुरिएर मृत्यु भइको बताइएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र होपरीगाड प्रहरी चौकीबाट प्रहरी टोली पुगेको थियो ।
घटनामा अन्य केही व्यक्तिहरु पनि घाइते भएका छन् ।
पहिरोमा परेर पानमती धामी र २२ वर्षिय मोहना ठगुन्नाको घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागी गोकुलेश्वर अस्पत्ताल लगिएको छ ।
नौगाड गाउँपालिका वडा नम्बर २ र ३ क्षेत्रका विभिन्न स्थानमा निर्माण गरिएको चार ओटा पुलहरु बगाएको छ भने आठ ओटा पानी घट्ट बगाएको छ । परिगाउ क्षेत्रमै ८÷१० घरहरुमा क्षेति पुगेको छ भने दर्जनौँ पशुचौपाया पनि मरेका छन् । दल्लेख प्रहरीका अनुसार उक्त क्षेत्रमा पनि पहिरोले केही घरहरुमा क्षेति भएको छ भने केही पशु चौपाया पनि खोलाले बगाएको छ ।
आईतबार राती परेको बर्षादले महाकाली नगरपालिका वडा नं ३ को लास्कु खोलामा बाढि आएर डुङुरी मन्दिर क्षेत्रमा रहेको सडक बगाएको छ भने वडा नं ५ गल्फै क्षेत्रमा धौलीगाड खोलाले महाकाली लोकमार्ग बगाएको छ साथै महाकाली तटबन्धमा पनि क्षती पुगेको छ । भारि बर्षादले दार्चुला जिल्लाका विभिन्न स्थानमा क्षती पुर्याएको र विवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस् !