बाढीले डुङरी जलविद्युत आयोजनाको पावर हावसमा क्षती

1030

दार्चुला, साउन ५ गते ।

आईतबार राती परेको अविरल बर्षाका कारण दार्चुलाको महाकाली नगरपालिका वडा नं ३ मा रहेको डुङरी जलविद्युत आयोजनाको पावरहावसमा क्षती पुगेको छ ।
लास्कुगाडमा आएको बाढीका कारण डुङरी जलविद्युत आयोजनाको पावरहावसमा क्षती पुगेको विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका प्रमुख दयाराम शाहले जानकारी दिनुभयो ।
लास्कुगाड पुरै पावरहावस तर्फ आइरहेकाले विद्युत गृह भित्र पानी भरिएको प्रमुख शाहले जानकारी दिनुभयो । विद्युत गृह भित्र जान नसकिएकाले क्षतीको विवरण आउन सकेको छैन ।
“विद्युत गृह भित्र ३ फिट पानी भरिएको छ, भित्र जान सकिने अवस्था छैन, डोजर लगाएर पानीको धार परिवर्तन गर्ने काम भइरहेकाले भित्र जान सके कुन–कुन उपकरणमा क्षती पुग्यो भन्ने यकिन हुन्छ”, प्रमुख शाहले भन्नुभयो ।
विद्युतगृहमा क्षती पुग्दा ब्यास गाउँपालिकाको हुती, महाकाली नगरपालिकाको छापरी र मुल्ला क्षेत्रमा पूर्ण रुपमा अवरुद्ध भएको छ ।

डुङरी जलविद्युत आयोजनाको पावर हावस

दार्चुला सदरमुकामको बंगाबगड क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान भएर सुचारु गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका प्रमुख शाहको भनाई छ ।
साथै डुङरी क्षेत्रमा पार्कीङ गरेर राखीएको जिपसमेत बाढिले आशिंक पुरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !