बंगापानीमा पहिरोले घर पुरिदा दुई जना बेपत्ता

0
802

दार्चुला, साउन १२ गते ।
भारतको पिथौरागढ जिल्लाको बंगापानी तहशिलको धामी गाउँमा पहिरोमा पुरिदा एकै परिवारका २ जना बेपत्ता भएका छन् ।
घरमाथि बाट खसेको पहिरोका कारण घरमा सुतेका दुई जना मानिसहरु सहित गाईगोरुहरु पनि पुरिएको बताइएको छ ।
पहिरोमा परि बेपत्ता हुनेमा धामी गाउँ भ्याउलाका ५५ बर्षिय विस्ना देबि र ३० बर्षिय जावाहर सिह रहेको डिसिएल न्युजले जनाएको छ ।
गएराती भएको भारि बर्षादका कारण पहिरो खसेको भएपनि छिमेकीहरुले विहान मात्रै थाहा पाएको बताइएको छ । विहान घर पहिरोमा पुरिएको र मानिसहरु सहित जनावरहरु बेपत्ता रहेको पाइएको थियो ।