पिथौरागढमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १८ पुग्यो

0
975

दार्चुला, मंसिर ७ गते ।
भारतको पिथौरागढमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार ६५ बर्षिय एक ब्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएसंगै पिथौरागढमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या १८ पुगेको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ । बलुवाकोट बस्ने ६५ बर्षिय पुरुषलाई उपचारका लागि शनिबार पिथौरागढ अस्पताल पुगाइएको थियो । अस्पताल पुगाएको आधा घण्टामा अक्सीजनको अभावका कारण कोरोनाका विरामीको मृत्यु भएको मुख्य चिकित्सक डा.हरिष चन्द्र पन्तले बताएका छन् । साथै शनिबार पिथौरागढमा थप २६ जना कोरोना संक्रमित भेटिएका छन् । एक्टीभ कोरोना संक्रमितहरुको संख्या १ सय ६५ रहेको डा. पन्तले जानकारी दिएका छन् ।