दार्चुलामा सामाजिक विकास कार्यालय स्थापना

0
909

बिरा दत्त भट्ट
दार्चुला, मंसिर ७ गते । दार्चुलामा पहिलो पटक समाजिक विकास कार्यालयको स्थापना गरिएको छ । नेपाल सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र सात वटै प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबीच २०७६ माघमा देशभरीका ७७ वटै जिल्लाहरुमा सामाजिक विकास कार्यालय स्थापना गर्ने सहमति भएको थियो । सामाजिक क्षेत्रको कामलाई प्रभावकारी ढंगले अघि बढाउने  उद्धेश्यका साथ दार्चुलामा सामाजिक विकास कार्यालय स्थापना गरिएको हो ।
दार्चुलामा आईतबारबाट सामाजिक विकास कार्यालयको स्थापना गरि कार्य सञ्चालनमा आएको छ । सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत दार्चुलामा सामाजिक विकास कार्यालय स्थापना गरिएको सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख रामचन्द्र ओझाले जानकारी दिनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाको तल्लो तलामा आईतबारबाट कार्यालय सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख रामचन्द्र ओझाको भनाई छ ।
सामाजिक विकास कार्यालय दार्चुलामा ६ जना कर्मचारीको दरबन्दी रहेको छ । पाचँ जना कर्मचारीको पदपुर्ती भएको एक पद रिक्त रहेको उहाँले जानकारी दिनुभयो ।