पिथौरागढमा कोरोनाले थप एक जनाको मृत्यु

0
807
सांकेतिक तस्बीर

दार्चुला, भाद्र २७ गते ।
भारतको पिथौरागढमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । शुक्रबार जिल्ला अस्पताल पिथौरागढमा एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ । पिथौरागढमा कोरोना संक्रमणका कारण भएको यो तेस्रो मृत्यु हो । मृतक महिलाको कोरोना संक्रमण प्रोटोकल अनुसार अन्त्येष्टी गरिएको छ ।
पिथौरागढ अस्पतालका कोरोना सम्पर्क ब्यक्ति डा. एसएस कुवरका अनुसार महीलालाई उच्च ज्वरो आउनुका साथै श्वाश प्रश्वासको समस्या रहेको थियो । आइसीयुमा राखेर उपचार गर्दा पनि महिलाको दोस्रो दिन विहान मृत्यु भएको थियो । यस अघि पिथौरागढमा एक जना एसएसबीका असई र एक जना शिक्षकको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।