प्रेम सिह धामी स्मृती दिवसको अवसरमा शालिकमा माल्यार्पण

956

दार्चुला, भाद्र २७ गते । स्वर्गीय राष्ट्रबादी नेता प्रेम सिह धामीको २३ औ स्मृती दिवस मनाइएको छ । नेता धामीले भारतले अतिक्रमण गरेको नेपाली भुमी कालापानीको बारेमा काठमाण्डौलाई जानकारी गराई सडक देखि सदन सम्म भारतको उक्त कदमका विरुद्ध आवाज उठाएका थिए ।
२३ औ स्मृती दिवसको अवसरमा प्रेमसिह धामी स्मृती प्रतिष्ठानले नेता धामीको जन्मभूमी मालिकार्जुन गाउँपालिका वडा नं ३ मडमा रहेको शालिकमा माल्यार्पण गरेको छ ।
माल्यार्पण कार्यक्रममा प्रेम सिह धामी स्मृती प्रतिष्ठानका अध्यक्ष किसन सिह धामी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य मोहन सिह धामी लगायत नेकपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेता धामीको २०५४ भाद्र २७ गते आजकै दिन गाडी दुर्घटनामा परि नुवाकोट जिल्लाको साविकको मदनपुर गाविस ३ क्युरिनी भिरमा असामहिक निधन भएको थियो । नेता धामीको स्मृती दिवसको अवसरमा दार्चुला सदरमुकाम खलंगामा रहेको शालिकमा पनि माल्यापर्ण गर्ने र प्रेम सिह धामी स्मृती प्रतिष्ठानको साधारण सभाको आयोजना गरिएको भएपनि दार्चुला सदरमुकाममा कोरोना संक्रमण पाईपछि महाकाली नगरपालिका सिल गरिएकाले कार्यक्रहरु स्थगीत गरिएको प्रतिष्ठानका अध्यक्ष धामीले बताउनुभयो ।
त्यसैगरी दार्चुला सदरमुकाम खलंगामा रहेको शालिकमा पनि मैन बत्ति बालेर धामी प्रति श्रद्धा राख्ने ब्यक्तिहरुले श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !