नेपाली अतिक्रमित भूमी कुटी, नाभि र गुञ्जीमा भारतको निःशुल्क स्वास्थ्य शिविर

0
910
भारतले अतिक्रमण गरेको नेपालको कुटी गाउँ ।

दार्चुला, भाद्र २७ गते ।
अतिक्रमित नेपाली भूमी कुटी, नाभि र गुञ्जी गाउँमा भारतले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । एनएचपीसिको धौलिगङ्गा जलविद्युत परियोजनाको आयोजनामा शुक्रबार गुञ्जीगाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । नेपाली अतिक्रमित गाउँहरुका साथै रङकाङ गाउँमा पनि स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
शिवरमा स्वास्थ्यकर्मीहरुले तिन हजार नागरिकहरुलाई चेकजाँच गरि औषधी वितरण गरको छ ।
भारतीय अद्र्धसैनिक र सेनामा धार्चुलामा कोरोना देखिएकाले सुरक्षा निकायको आवत जावत हुने उक्त क्षेत्रहरुका नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । स्थानियहरुले स्वास्थ्य शिविरको माग गरे अनुसार एनएचपिसीको सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरिएको धार्चुलाका उपजिल्ला अधिकारी अनिल कुमार शुक्लाले जानकारी दिएका छन् ।
भारतले अतिक्रमण गरेका नेपाली गाउँहरु कुटी, नावि र गुञ्जी सहितको नक्सा नेपाल सरकारले जारी गरेको भएपनि उक्त क्षेत्रका नागरिकहरु भारतीय प्रशासनको नियन्त्रणमै रहेका छन् ।