पिथौरागढमा एकै दिन ४२ जना कोरोना संक्रमित थपिए

0
718

दार्चुला, भाद्र २८ गते ।
भारतको पिथौरागढमा एकैदिन ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार आएको रिर्पाेटमा थप ४२ जनामा कोरोना पुष्टी भएको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ ।
जसमध्ये १० जना अस्कोटका, ११ जना एसएसबी, बेरीनाग, देवलथल र गंगोलीहाटका एक–एक जना तथा ऐचोलीका १८ जना रहेका छन् । यो संगै पिथौरागढमा संक्रिय संक्रमित को १ सय ८८ पुगेको छ भने कोरोनाका कारण तिन जनाको मृत्यु भएको छ ।