कोरोनाबाट मृत्यु भएका ब्यक्तिको शव व्यवस्थापन गर्न नेपाली सेनाको अभ्यास

716

दार्चुला, भाद्र २९ गते ।
दार्चुलामा सेनाले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएका विरामीको शव व्यवस्थापन सम्बन्धी नमुना अभ्यास गरेको छ । नेपाल सरकारले कोरोना संक्रमण बाट मृत्यु भएका ब्यक्तिहरुको शब ब्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा दिएको हुदाँ उक्त अभ्यास गरिएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति विक्रम देब थापाले जानकारी दिनुभयो ।
‘हाल सम्म कोरोना संक्रमणले दार्चुलामा कसैको दुःखद घटना भएको छैन, नहोस पनि तर सरकारले सेनालाई शब ब्यवस्थापनको जिम्मा दिएको हुदा अप्रीय घटना भईहाले शब ब्यवस्थापन गर्ने अभ्यास गरिएको हो’ उहाँले भन्नुभयो ।
सेनाको डेड बडी म्यानेजमेन्ट टिमले शव व्यवस्थापनको अभ्यास गरेका थिए ।

कोरोना संक्रमणका कारण कसैको मृत्यु भइहालेमा नेपाली सेनालगायत जिल्लाको सुरक्षा निकाय र स्वास्थ्यकर्मीको आपसी समन्वय र सहकार्य गर्न आवश्यक रहेको कुरा अभ्यासमा देखाइएको थियो ।
जोखिम न्युनिकरणका लागि नेपाल सरकारबाट प्राप्त शव व्यवस्थापन सम्बन्धी कार्यविधि र मापदण्डलाई आधार मानी अभ्यास गरिएको दुर्गादल गुल्मका गुल्म पति बिक्रम देव थापाले जानकारी दिनु भयो ।
नेपाली सेनाको दुर्गादल गुल्मको संयोजनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,जिल्ला स्थित सरोकावाला र पत्रकारहरुको उपस्थितमा उक्त अभ्यास गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !