अस्पताल नभएका स्थानियतहहरुमा ५ शैयाको कोरोना अस्पताल सञ्चालन गर्न परिपत्र

0
723

दार्चुला, भाद्र २८ गते ।

अस्पताल नभएका देशैभरिका स्थानियतहहरुमा ५ शैयाको अस्पताल तत्काल सञ्चालन गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरेको छ । अस्पताल नभएका देशैभरिका ६ सय ४९ वटा स्थानियतहहरुलाई पाँच शैयाको अस्पताल तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले भाद्र २३ गते पत्राचार गरेको हो ।
अस्पताल नभएका प्रत्येक स्थानियतहहरुलाई पाँच शैयाको अस्पताल सञ्चालनका लागि आवस्यक वेड, उपकरण र जनशक्ति ब्यवस्थापनका लागि प्रति बेड दुई लाखका दरले १० लाख रकम निकाशा भइसकेको मन्त्रालयले पत्रमा स्मरण गराएको छ ।
कोरोना संक्रमण अझै तिब्र रुपमा फैलिरहेकाले संक्रमित विरामीहरुलाई राख्ने बेडको अभाव भएकाले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषको निर्णय अनुसार कोभिड अस्पताल सञ्चालनका लागि बजेट उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।

दुहुमा पाँच शैयाको अस्पताल सञ्चालन गरिदै

मन्त्रालयको परिपत्र अनुसार दुहु गाउँपालिकाले पाँच शैयाको अस्पताल सञ्चालनको तयारी गरेको छ । गाउँकार्यपालिकाको बैठकले दुहु गाउँपालिका वडा नं २ को हिकिला स्वास्थ्य चौकीमा पाँच शैयाको कोभिड अस्पताल सञ्चालनको तयारी गरेको दुहु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बहादुर बमंले जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि जनशक्ति ब्यवस्थापनको गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।