पिथौरागढका लागि एसियाली बैंकको २ सय ५० करोड बजेट

0
2018

दार्चुला, पुष ७ गते ।
एसियाली पूर्वाधार लगानी बैंंक (एआइआइवी)ले भारतको पिथौरागढ जिल्लाको विकासका लागि २ सय ५० करोड भारतीय रुपैयाँ उपलब्ध गराउने भएको छ । उत्तराखण्ड राज्य सरकारको प्रस्ताव भारतको केन्द्रीय वित्त मन्त्रालय स्वीकृत गरेपछि विकास बजेट आउने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रस्तावित बजेटबाट पिथौरागढ जिल्लामा आधारभूत सुविधा विस्तारमा खर्च गरिनेछ । केन्द्रीय वित्त मन्त्रालयबाट बजेट व्यवस्थापन सम्बन्धि पत्र उत्तराखण्ड राज्यको शहरी विकास विभागलाई प्राप्त भएको भारतीय पत्रिका दैनिक जागरणले खवर लेखेको छ । मन्त्रालयको पत्रअनुसार उत्तराखण्ड राज्यका लागि २ सय मिलियन डलर बैंकबाट ऋण उपलब्ध हुनेछ । योमध्ये पिथौरागढ जिल्लामा मात्रै २ सय ५० करोड भारु खर्च हुनेछ ।
दोस्रो तहका शहरी क्षेत्रमा यो बजेट खर्च गरिनेछ । शहरी क्षेत्रको ढल निकास, खानेपानी आपुर्ति, पार्किङ सुविधा र सडकको स्तर सुधारको कार्य बैंकको ऋण बजेटबाट गरिनेछ । पिथौरागढ नगरपालिका अध्यक्ष राजेन्द्र रावतले ठूलो विकास बजेटको सुनिश्चितताका लागि मुख्यमन्त्री त्रिवेन्द्रसिह रावत, लोकसभा सदस्य अजय टम्टा र शहरी विकास मन्त्री मदन कौशिकलाई धन्यवाद दिएका छन् ।