पिथौरागढका जिल्ला अधिकारी फेरिए

0
1013
पिथौरागढ जिल्ला अधिकारी विजय कुमार जोगदण्डे

दार्चुला, माघ २७ गते ।
भारतको पिथौरागढका जिल्ला अधिकारी फेरिएका छन् । भारत सरकारले पिथौरागढ, अल्मोडा, चम्पावत तथा नैनितालका जिल्ला अधिकारीहरु फेरेको छ ।

पिथौरागढमा नयाँ जिल्ला अधिकारीको रुपमा आनन्द स्वरुप आउन लागेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । पिथौरागढका जिल्ला अधिकारी विजयकुमार जोगदण्डेलाई पौडी जिल्लामा स्थानान्तरण गरिएको छ । त्यसैगरि पिथौरागढका सिडिओ डा. सौरभ गहरवारको पनि सरुवा भएको छ । डा गहरवारको हरिद्धारको सिडिओको रुपमा नियुक्त गरिएको तथा उहाँको ठाउँमा देहरादुनकि डिप्टी कलेक्टर अनुराधा पाललाई पिथौरागढको सिडियोको रुपमा नियुक्त गरेको भारतीय अमर उजालले जनाएको छ ।