ब्यासमा नयाँ प्रशासकिय अधिकृत आए

0
1185

दार्चुला, माघ २७ गते ।
ब्यास गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत आएका छन् । लामो समय देखि प्रशासकिय अधिकृत विहिन रहेको ब्यास गाउँपालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ प्रमुख प्रशासकिय अधिकृत पठाएको ब्यास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखर चन्द्र ओझाले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृतको रुपमा भानुभक्त भट्ट आएको उहाँले जानकारी दिनुभयो । बुधबारबाट गाउँपालिकामा हाजिर हुनेगरि नयाँ प्रशासकिय अधिकृत आएको उहाँको भनाई छ । लामो समय देखि ब्यास गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृतको भरमा सञ्चालन हुदै आएको थियो । नयाँ अधिकृत आए संगै ब्यासले प्रमुख प्रशासकिय अधिकृत पाउने भएको छ ।