पिथौरागढका जिल्ला अधिकारीमा कोरोना संक्रमण पुष्टि

0
829

दार्चुला,असोज १५ गते ।
भारतको पिथौरागढका जिल्ला अधिकारीमा कोरोना पुष्टि भएको छ । बुधबार आएको कोरोना परिक्षण रिर्पाेटमा पिथौरागढका जिल्ला अधिकारी सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय पत्रिका अमर उजालाले समाचार लखेको छ ।
पिथौरागढ जिल्ला अधिकारीमा कोरोना पुष्टि भएपछि दुई दिनका लागि कार्यालय बन्द गरिएको छ । पिथौरागढमा कोरोना संक्रमतिहरुको सख्या बढ्दै गइरहेको छ । हाल सम्म पिथौरागढमा ९ सय ६० जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ८ सय ८ जनाले कोरोना जितेका छन् भने तीन जनाको मृत्यु भएको छ । पिथौरागढमा रहेका १ सय ५० जना एक्टीभ कोरोना संक्रमितहरुको विभिन्न अस्पतालहरुका आइसोलेसनमा राखेर उपचार भइरहेको बताइएको छ ।